लागू औषध सहित ५ जना पक्राउ
२०८३-०२-०२
- A
- A-
- A+
सुनसरी, मोरङ र झापाबाट प्रहरीले हिजो लागू औषध सहित ५ जनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका १७ पकली स्थितबाट इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले ईटहरी उपमहानगरपालिका ८ का ३२ बर्षीय शुसिल कुमार राजवंशीलाई ब्राउन सुगर ३०० मिलिग्राम सहित पक्राउ गरिएको छ । यसै गरी इटहरी उपमहानगरपालिका ४ फलामे पुल स्थितबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT समुह र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका २ का ३० बर्षीय रोशन धामीलाई ब्राउन सुगर ३५० मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी झापाको कनकाई नगरपालिका ५ चाप्रमारी स्थितबाट अस्थाई प्रहरी बिट दुर्गापुरबाट खटिएको प्रहरी टोलीले झापा कमल गाँउपालिका ५ का २६ बर्षीय काले भन्ने जित बहादुर लिम्बु र दमक नगरपालिका ६ का २० बर्षीय प्रदिप रसायलीलाई ब्राउन सुगर ११ ग्राम ९७० मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी मोरङको पथरीशनिश्चरे नगरपालिका ८ स्थित कुशलचोकबाट अस्थाई प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २४ बर्षीय सुमन राईलाई ट्रामाडोल २,२१० क्याप्सुल र स्पासपेन २,३२० चक्की सहित पक्राउ गरेको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।