लागू औषध सहित ४ जना पक्राउ
२०८३-०५-१२
झापा र धनकुटाबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।
भदौ ११ गते राति झापाको झापा गाउँपालिका-१ लसुना स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेका प्र.१-०१-००१ प ७५०६ नम्बरको मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका-२ का ३२ वर्षीय शंकर मलिक र मोटरसाइकलमा सवार सोही स्थानका २५ वर्षीय गणेश राजवंशीलाई प्रहरी चौकी कुमरखोदको प्रहरी टोलीले २ ग्राम ७६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने धनकुटाको इलाका प्रहरी कार्यालय पाख्रिबासबाट खटिएको प्रहरी टोलीले पाख्रिबास नगरपालिका-४ का २२ वर्षीय राकेश राई र २५ वर्षीय पवन बस्नेतलाई ४ सय ५० मिलिग्राम ब्राउन सुगर, ट्रामोल- ६० क्याप्सुल र डिकोलिक- ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ ।