१ हजार ३ सय १५ किलोग्राम गाँजा सहित ट्रक नियन्त्रण
२०८३-०४-२२
- A
- A-
- A+
जिल्ला प्रहरी कार्यालय खोटाङले १ हजार ३ सय १५ किलोग्राम लागू औषध गाँजा सहित ट्रकलाई नियन्त्रणमा लिएको छ । साउन २२ गते दिउँसो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ स्थित मध्यपहाडी लोकमार्गको जंगलमा प्र.१-०२-००२ ख ००८३ नम्बरको ट्रक शंकास्पद अबस्थामा रोकेर राखेको छ भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उक्त ट्रकलाई चेकजाँच गर्ने क्रममा चालक बस्ने क्याविनमा फल्स बटम लगाई लुकाई छिपाई राखेको अवस्थामा १ हजार ३ सय १५ किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै उक्त ट्रकलाई नियन्त्रणमा लिई ओसार पसारमा संलग्न ब्यक्तिहरुको खोजी कार्य भईरहेको छ ।