लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-०७-१९
- A
- A-
- A+
झापा जिल्लाको छुट्टा छुट्टै दुई स्थानबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १८ गते झापाको भद्रपुर नगपालिका-५ स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-३ का राजु माझीलाई ७ ग्राम २६० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी बुट्टाबारीले बिर्तामोड नगरपालिका-६ का संजय गिरी र सोम बहादुर राईलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणममा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुन्धान भईरहेको छ ।