लागू औषध गाँजा बोकेको ट्रक सहित चालक र सहचालक नियन्त्रणमा
२०८३-०६-१९
- A
- A-
- A+
सुनसरीको इनरुवा नगरपालिका-३ सखुवागाछी स्थितबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रक सहित संलग्न चालक र सहचालक लाई नियन्त्रणमा लिएको छ । असोज १८ गते राती ट्राफिक प्रहरी कार्यालय इनरुवा र अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरी चेकिङ टोलीले पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना. ७ ख १८२५ नम्बरको ट्रकलाई शंका लागि रोकी चेकजाँच गर्दा बन्दाकोबीले छोपेको अवस्थामा प्लास्टिकको ८३ वटा बोरामा २ हजार ५ सय ६६ किलो ५६० ग्राम गाँजा बरामद गरेको थियो । ट्रकमा लागूऔषध गाँजा बरामद भएसंगै उक्त ट्रक सहित ओसार पसारमा संलग्न चालक धनकुटा शहिदभूमी गाँउपालिका-२ का राजु राई र सहचालक सोही स्थानका सन्दिप राईलाई नियन्त्रणमा लिएको छ । गाँजा सहित पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।