प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ

२०८२-१२-३०

  • A
  • A-
  • A+
Share

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २९ गते झापाको गौरीगंज गाउँपालिका- ३ स्थित बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका रोशन डोम र गौरादह- ८ का पुजन चौधरीलाई ४ सय ७० मिलिग्राम ब्राउन सुगर र ६ ग्राम ७८० मिलिग्राम गाँजा सहित पक्राउ गरेको हो भने गौरादह नगरपालिका- १ बाट इलाका प्रहरी कार्यालय गौरादहले सोहि स्थानका साने भन्ने सुरेन्द्र टुडु, सन्तोष ताजपुरिया र अर्पित थापालाई ३४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले मे. २ प ९८७९ नम्बरको मोटरसाईकल चालक मोरङ केराबारी- ५ का बिमल भन्ने खगेन्द्र मगरलाई ६ ग्राम ६५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित समाचार
प्रतिबन्धित औषधिसहित ३ जना पक्राउ
२०८३-०७-०७

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधिसहित ३ जनालाई पक्राउ गरिएको छ। कात्तिक ५ गते मोरङको इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका–१०, त्रिवेणी चोकका २७ वर्षीय समिर राईलाई स्पास्पेन ३७० ट्याब्लेट र ट्रामाडोल ३८० ट्याब्लेट सहित पक्राउ गरेको छ। त्यसैगरी, सुनसरीको धरान उप-महानगरपालिका–५, देउराली मंगल चोकका २६ वर्षीय उत्तम राई र १७ वर्षीय सागर राईलाई ट्रामाडोल ३६० ट्याब्लेट र स्पास्पेन ३६२ ट्याब्लेटसहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिबन्धित औषधि सहित २ जना पक्राउ
२०८३-०७-०१

मोरङको पथरीशनिश्चरे नगरपालिका-५ त्रिवेणी चोक स्थितबाट असोज ३१ गते प्रतिबन्धित औषधि सहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले भैराहाबाट सुगा तर्फ आउदै गरेको को २० प ४७२३ नम्बरको स्कुटरलाई संकालागी चेकजाँच गर्ने क्रममा सुनसरीको धरान उप-महानगरपालिका-६ पानमाराका २७ वर्षीय पुरन मगर र पथरीशनिश्चरे-५ का २२ वर्षीय दुर्गा ऋषिदेवको साथबाट ट्रामाडोल ९९० क्याप्सुल र निट्राजेपाम ४८ क्याप्सुल फेलापारी स्कुटर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०७-०१

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट असोज ३० गते लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बेलबारी मोरङले बेलबारी नगरपालिका-३ का सागर परियार, रूबिन लावती र बेलबारी-२ का बिप्लब खवासलाई ६ चक्की प्रतिबन्धित औषधी सहित र २० वर्षीय रिजन राईलाई २० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने प्रहरी चौकी रमाईलो मोरङले लेटाङ नगरपालिका-३ का ३३ वर्षीय फिरोज कुमार बि.कलाई ६ ग्राम ४३० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-१८ का २० वर्षीय निश्चल खुलाल (बुढाथोकी), ३० वर्षीय नजाम हुसेन र २५ वर्षीय मो.नजामलाई  ४२० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित इटहरी उप-महानगरपालिका-९ बसपार्क स्थितबाट पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुरको चौदण्डीगडी नगरपालिका-०६ का २७ वर्षीय बिप्लब थापालाई प्रतिबन्धित औषधी ११२ चक्की सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा ४ जना प्रहरी कर्मचारीहुर पुरस्कृत
२०८३-०६-३०

७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी बरिष्ट नायव निरीक्षक भुवन शिंह बोगटी, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बिक्रम दाहाल,  जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी सहायक निरीक्षक साजना प्रसाई र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी बरिष्ट हवल्दार मेनुका राई यादव पुरस्कृत भएका छन् । पुरस्कृत हुने प्रहरी कर्मचारीहरुले दिईएको जिम्मेवारी इमानदारी, अनुशासन र लगनशिल भई समाजमा शान्ति सुरक्षा, आम नागरिकमा प्रहरीको छवि उच्च बनाउने कार्यमा बिभिन्न विधामा अति उत्कृष्ट एवं प्रशंसनीय कार्य गरेकोले उनिहरुले गरेको कार्यको उच्च मुल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा पुरस्कृत गरेको हो । कुल १ लाख ४२ हजार धनराशीको “देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार” धरान उप-महानगरपालिका-१ निवासी धनन्जय आचार्य र कोशी प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी वीच २०८१ सालमा सम्झौता भई  २०८२ साल देखि देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गर्न सुरुवात गरिएको हो । बिभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु मध्येबाट छनौट गरी २ जना महिला र २ जना पुरुष वा सिनियर प्रहरी अधिकृत भए १ जना मात्रलाई विशेष प्राथमिकता दिई प्रहरीको मनोवल उच्च बनाउने कार्यमा हौसला प्रदान गर्न प्रहरी दिवसको अवसरमा प्रत्येक वर्ष संस्थापक वा निजको प्रतिनिधिद्वारा पुरस्कार प्रदान गरिदै आएको छ । कार्यक्रममा देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार" का संस्थापक धरान उप- महानगरपालिका-१ निवासी धनन्जय आचार्यका प्रतिनिधि योगेश काफ्लेलाई प्रमुख अतिथि माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।

७१ औं प्रहरी दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु पुरस्कृत
२०८३-०६-३०

७१ औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित विशेष कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले बिभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको छ । उहाँले कोशी प्रदेश प्रहरी कार्यालय तथा प्रदेश अन्तरगत रहेका प्रहरी कार्यालयहरुमा कार्यरत रही कार्यालय व्यवस्थापन, अपराध अनुसन्धान,आन्तरिक तथा वाह्य प्रशिक्षण, सपोर्ट समुह, खेलाडी लगायत प्रहरी कार्यमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत तथा  प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको हो ।

उत्कृष्ट महिला प्रहरी पुरस्कारद्वारा प्रहरी निरिक्षक प्रमिला कार्की पुरस्कृत
२०८३-०६-३०

७१ औं प्रहरी दिवसको अवसरमा प्रहरी जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक प्रमिला कार्की उत्कृष्ट महिला प्रहरी पुरस्कारद्वारा पुरस्कृत हुनु भएको छ । पुरस्कृत हुने कार्कीले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समुदाय मैत्री प्रहरी सेवामार्फत महिला प्रहरीको भूमिकालाई थप सशक्त बनाई आम नागरिक प्रति प्रहरीको छवि उच्च बनाउने कार्यमा प्रशंसनीय कार्य गरेकोले उहाँले सम्पादन गरेको कार्यको उच्च मूल्याकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो । पुरस्कृत हुने प्रहरी निरीक्षक प्रमिला कार्कीलाई पुरस्कार कोषका संस्थापक श्रीमती शिला श्रेष्ठ बज्राचार्यले २५ हजारको चेक तथा प्रशंसा-पत्र प्रदान गर्नु भएको थियो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने महिला प्रहरी कर्माचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने १ जना महिला प्रहरीलाई  नगद पुरस्कारद्वारा पुरस्कृत गर्ने उद्धेश्य अनुरुप सुनसरी धरान उप-महानगरपालिका-८ की श्रीमती शिला श्रेष्ठ बज्रचार्य र कोशी प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला बीच २०८१ सालमा सम्झौता भई महिला प्रहरीहरुको मनोबल उच्च राख्न तथा उत्प्रेरणा प्रदान गर्ने उद्धेश्यले २५ हजार धनराशीको उत्कृष्ट महिला प्रहरी पुरस्कार प्रदान गर्न सुरुवात भएको थियो  । । कार्यक्रममा उत्कृष्ट महिला प्रहरी पुरस्कार कोषका संस्थापक शिला श्रेष्ठ बज्रचार्यलाई कार्यक्रमका प्रमुख अतिथि हिक्मत कुमार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।