प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित ११ जना पक्राउ

२०८३-०२-१३

  • A
  • A-
  • A+
Share

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ११ जनालाई पक्राउ गरीएको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट जेठ ११ गते खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ स्थितबाट सोही स्थानका २९ वर्षीय जहागी शेखलाई २ ग्राम ३०० मिलिग्राम सहित, मेचीनगर नगरपालिका-१० धुलाबारीका २७ वर्षीय गुलाम रसुल मियालाई १ ग्राम ६०० मिलिग्राम सहित, इलाम माईजोगमाई गाउँपालिका-१ घर भई बिर्तामोड बस्ने २४ वर्षीय फुर्वा तामाङलाई ३ ग्राम ६१० मिलिग्राम सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय झिलझिलेले ५८६ ग्राम लागू औषध गाँजा सहित शिवसताक्षी नगरपालिका-९ की ४३ वर्षीया आशा चौधरीलाई पक्राउ गरेको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी-१ की ३६ वर्षीया प्रगती खटिवडा, इटहरी-५ का ३१ वर्षीय बिश्वराज राईलाई १० ग्राम ब्राउन सुगर सहित इनरुवा-४ बाट पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-२ का २९ वर्षीय रविन प्रधान, धरान-२ का १९ वर्षीय अतित भण्डारी र मोरङको सुन्दर हरँचा-४ की अम्बिका ओझालाई ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी अस्थायी प्रहरी चौकी कानेपोखरी मोरङको प्रहरी टोलीले  प्र.१-०२-०४८ प १८८४ नम्बरको स्कुटरमा सवार कानेपोखरी-५ का ३३ वर्षीय बिर बहादुर घिसिङ र पछाडी सवार कानेपोखरी-७ का ३७ वर्षीय सन्तोष लिम्बुलाई १२ ग्राम ८८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।


सम्बन्धित समाचार
“लागूऔषध दुर्व्यसनीले निम्त्याउने परिणाम” सचेतनामुलक सामाग्रीको अनावरण
२०८३-०२-१३

बराहक्षेत्र नगरपालिका सुनसरीको सहकार्यमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीद्वारा निर्मित “लागूऔषध दुर्व्यसनले निम्त्याउने परिणाम” नामक सचेतनामुलक भिडियो सामाग्रीको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको अध्यक्षतामा अनावरण गरीएको छ । कार्यक्रममा भिडियो निर्माणमा सहभागी कलाकारहरुलाई प्रशंसा पत्र तथा FAN क्लवमा आवद्ध विद्यार्थीहरुलाई FAN LOGO अंकित टि-सर्ट वितरण गरिएको थियो । कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका नगर उप प्रमुख, नन्द कुमारी सुनुवार, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशब कुमार थेवे, नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, वडाध्यक्षहरु, फ्यान क्लव संचालित बिद्यालयका प्रधानाध्यापक तथा फोकल शिक्षकहरु, राजनैतिक दल तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मी लगायत बिध्यार्थीहरुको उपस्थिति रहेको थियो ।  

कोशी प्रदेश ट्राफिक व्यवस्थापन सम्बन्धी “प्रादेशिक गोष्ठी, २०८३” सम्पन्न
२०८३-०२-१३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाई  सवारी दुर्घटना न्यूनीकरण गरी सडक प्रयोगकर्तालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन कोशी प्रदेश ट्राफिक व्यवस्थापन प्रादेशिक गोष्ठी २०८३ को आयोजना गरिएको छ । जेठ १३ गते सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित दुर्गा पार्टी प्यालेसमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा भएको एक दिवसिय गोष्ठीको प्रमुख अतिथि घिमिरेले पानसमा दिप प्रज्वलन गरी उद्‍घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि घिमिरेले ट्राफिक नियम सवैले जान्नु पर्ने तर जान्नेले पनि नमानेको कारण दुर्घटनाको संख्यामा बृद्धि भएको बताउदै अव कोशी प्रदेशमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्नु गोष्ठीको मुख्य उद्धेश्य रहेको बताउनु भयो । गोष्ठीमा दुर्घटना न्यूनीकरणको लागी सरोकारवाला निकायहरुसंग भएका छलफल अन्तरक्रिया, योजनालाई  कार्ययोजना बनाई कार्यान्वयन गरीने बताउनु हुदै  गोष्ठीको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाण्डौँका प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीले नेपालको सवारी दुर्घटनाको स्थिति भयावह रहेको तथ्याङ्क प्रस्तुत गर्नु हुदै सडकलाई सुरक्षित बनाउन पुर्वाधार युक्त सडक, दक्ष चालक, दुरुस्त सवारी हुनु पर्ने बताउदै  ट्राफिक प्रहरी कार्य सम्बन्धी चुनौती र सुधारका प्रयासहरुका बारेमा प्रस्तुति गर्नु भएको थयो । कार्यकर्ममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले कार्य सम्पादन र  अटोमेसन प्रणालीमा प्रभावकारीता एवं कोशी प्रदेशको समग्र ट्राफिक प्रहरी कार्य सम्बन्धी चुनौती र सुधारका प्रयासहरु विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले गोष्टीमा उपस्थित प्रमुख अतिथि लगायत सम्पूर्णमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । गोष्ठीमा कोशी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय, यातायात व्यवस्था महाशाखाका प्रमुख उर्मिला निरौला, स्थानिय जनप्रतिनिधिहरु,यातायात व्यावसायी, पत्रकार महासंघ सुनसरीका प्रतिनिधि लगायत विभिन्न सरोकारवाला निकायहरुले ट्राफिक व्यवस्थापन सम्बन्धी गोष्ठीको शुभकामना सहितको आ- आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।  गोष्ठीमा जिल्ला ट्राफिक प्रहरी प्रमुखहरुले  सवारी दुर्घटना न्यूनीकरण कार्ययोजना र कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन, कानुन विपरित कार्य गर्ने सवारी चालकहरुको सवारी अनुमति निलम्वन गर्ने कार्यलाई प्रभावकारी कार्यान्वयन, दुर्घटनामा घाइते र मृत्यु दर घटाउन ट्राफिक प्रहरीको योगदान, हराएका सवारी साधनहरुको खोजी, मापसे र लापसेको प्रभावकारी चेकिङ र अन्य सम्बन्धित Stakeholder हरुसँग समन्वय र सहकार्य लगायतको विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । गोष्ठीमा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन प्रणालीको विकासमा जोड दिनु पर्ने बताउदै गोष्ठीको प्रभावकारीताको शुभकामना सहित समापन मन्तव्य व्यक्त गर्नु भएको थियो ।  प्रभावकारी तथा परिणाममुखी ट्राफिक व्यवस्थापन, ट्राफिक प्रहरी युनिटहरूबीच तथा यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी युनिटहरूबीच समन्वय र सहकार्य अभिवृद्धि, दुर्घटना न्यूनीकरणका लागि एकीकृत कार्ययोजना निर्माण तथा कार्यान्वयन, सूचना आदान–प्रदान, यातायात व्यवस्था ऐन तथा नियमावली एवं प्रदेश यातायात व्यवस्था ऐन तथा नियमावली सम्बन्धी जानकारी आदान–प्रदान, कानुनी प्रावधानहरूको कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका उपाय, दुर्घटना न्यूनीकरणमा रहेका चुनौतीहरू, सडक सुरक्षा सुदृढीकरण, जनचेतना अभिवृद्धि, प्रविधिको विस्तार, क्षमता अभिवृद्धि तथा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौतीहरूका विषयमा छलफल, अन्तरक्रिया तथा अनुभव आदान–प्रदान गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको छ । गोष्ठीमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीका प्रहरी उपरीक्षकहरु, सवारी यातायात शाखा, यातायात व्यवस्था कार्यालय इटहरी, यान्त्रिक कार्यालय इटहरी, सडक विभाग, सडक आयोजना, बिमा संस्थान, यातायात व्यवसायी, १४ वटै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रतिनिधि/ ट्राफिकका प्रमुखहरु, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, यातायात व्यवसायी, ड्राईभिङ्ग स्कुल, यातायात मजदुर संघ संगठन, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायत प्रहरी कर्मचारीहरु समेत गरी २ सय जना भन्दा बढीको उपस्थिति रहेको थियो ।  

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०२-१२

सुनसरी र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । सुनसरीको धरान उप-महानगरपालिका-२ भानु चोक स्थितबाट सोही स्थानका निश्चल लिम्बु र सुक्रराज तामाङको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल १२८ क्याप्सुल र स्पास १२८ ट्याब्लेट  र प्रहरी चौकी भरोलले बराहक्षेत्र नगरपालिका-४ का फिर्ती चौधरी, रुद्र बहादुर थापा र भगत चौधरीलाई २ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बेलका नगरपालिका-४ का सन्देश मगर र पारश राईलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइ रहेको छ।

लागू औषध ब्राउन सुगर सहित जना पक्राउ
२०८३-०२-११

झापा र मोरङबाट जेठ १० गते  लागू औषध ब्राउन सुगर सहित  जनालाई पक्राउ गरीएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो इकाई कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका काठमाण्डौ महानगरपालिका-२५ का ४० वर्षीय अजय चित्रकार र ३७ वर्षीय शुशिल मानन्धरलाई १२ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय दमकले ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका-५ का २३ वर्षीय तुलसी माझीलाई पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो इकाई कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान-१७ का २४ वर्षीय ज्ञानेश खड्कालाई ५ ग्राम ब्राउन सुगर सहित विराटनगर महानगरपालिका-१५ स्थितबाट पक्राउ गरेको हो ।  लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध विरुद्दको महाअभियानको शुभारम्भ
२०८३-०२-१०

जिल्ला प्रहरी कार्यालय मोरङले लागू औषध विरुद्दको महाअभियान (Mega Campaign Against  Narcotics- Mega CAN ) २०८३ कार्यक्रमको शुभारम्भ गरेको छ । जेठ १० गते बिहान लागू औषध विरुद्दको महाअभियानमा लागूऔषध दुर्व्यसन मुक्त समाज निर्माण गर्ने साझा उद्धेश्यका साथ लागूऔषध विरुद्दको सचेतना मुलक प्ले कार्ड सहित विराटनगरको महेन्द्र चोकबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, विभिन्न सरकारी कार्यालय, बिभिन्न संघ संस्था, संचारकर्मी, स्काउट, विद्यार्थी, युवा बर्ग सहितको प्रभातफेरी कार्यक्रमको प्रतिनिधि सभाका माननीय सांसद आशा झाले  रिवन काटी शुभारम्भ भएको प्रभातफेरी जलजला चोक, गोल्छामोड हुँदै  रंगशालामा पुगी पहिलो चरणको कार्यक्रम सम्पन्न भएको थियो ।उक्त कार्यक्रम दोश्रो चरणमा विराटनगर महानगरपालिका-४ स्थित होटल मनास्लु इनमा  कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पानसमा दिप प्रज्वलन गरेर औपचारिकरुपमा लागूऔषध विरुद्दको महाअभियान कार्यक्रमको शुभारम्भ भएको थियो । कार्यक्रममा अन्धकारबाट उज्यालोतर्फ शीर्षकमा नाटक सहित लागू औषध विरुद्द सचेतनामुलक सांगितिक प्रस्तुतिहरुका साथै पूर्व लागू औषध प्रयोगकर्ता कपिलदेव आचार्यको अनुभव सहितको बृतचित्र प्रस्तुत गरी लागूऔषध बिरुद्ध सवैले आ-आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता जनाई लागू औषध मुक्त समाज निर्माण गर्न आह्वान गरिएको थियो । कार्यक्रमलाई सम्बोधनको क्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागू औषध दुर्व्यसन समाजका लागि गम्भिर समस्या बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, अभिभावक तथा युवाहरुको सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालय मोरङद्वारा सञ्चालित लागूऔषध विरुद्धको महाअभियानले समाजमा सकारात्मक सन्देश तथा चेतना फैल्याई युवापुस्तालाई कुलतबाट जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै यस्तो अभियानमा प्रदेश सरकारको निरन्तर साथ, सहयोग र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रमलाई सम्बोधनको क्रममा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षित समाज र उज्ज्वल भविष्यको निम्ति जिल्ला प्रहरी कार्यालय मोरङले जिल्लालाई लागू औषधमुक्त जिल्ला बनाउन सवैको सहकार्यका साथ पुर्वको विराटनगरबाट सुरुवात गरेको महाअभियान लागूऔषध विरुद्ध सक्रिय हुँदै देशव्यापीरुपमा अघि बढ्न सफल हुने बताउनु भयो । वहाँले समाजलाई अन्धकार तर्फ धकेल्दै आएको लागू औषधको जालोलाई तोड्न शुभारम्भ गरीएको अभियानले नेपाली समाजका उर्जावान युवाहरुलाई सक्रियताका साथ अभियानमा लागी परेको देख्न पाईने अपेक्षा राख्नु भयो । क्षणिक रमाईलोकोलागी लागू औषधको कुलतमा फसेका युवाहरुलाई यस्ता प्रकारका अभियानहरुको शुरुवातले अनिवार्य उत्प्रेरणा मिल्ने बताउनु भयो ।    उहाँले लागू औषध नियन्त्रण केवल प्रहरीको मात्रै दायित्व नभई परिवार, विद्यालय, स्थानीय तह, सञ्चारमाध्यम तथा सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको बताउँदै सबै पक्षको सहकार्यबाट मात्रै स्वस्थ, सुरक्षित र समुन्नत समाज निर्माण सम्भव हुने बताउनु भयो । कार्यक्रममा कोशी प्रदेश सरकारका माननिय आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्र मणि पराजुली, प्रतिनिधी सभाका माननिय सांसद शन्तोष राजबंशी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, नेपाल सरकार गृह मन्त्रालय निति, योजना अनुगमन तथा मुल्याङकन महाशाखाका सह सचिब एंव लागू औषध नियन्त्रक सुमन घिमिरे, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार लीलावल्भ घिमिरे,एबिसी नेपाल कोशी प्रदेश प्रमुख विष्णु शर्मा लगायतले लागूऔषध बिरुद्धको ऐक्यवद्दता सहितको मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले लागूऔषध बिरुद्ध सवैले ऐक्यवद्दताका साथ अगाडि बढ्नु पर्ने बताउदै प्रमुख अतिथि लगायत उपस्थित सबैमा धन्यवाद ज्ञापन सहितको मन्तव्य राख्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक कबित कटवालले महाअभियानको औचित्य, उदेश्य तथा मोरङ जिल्लामा लागू औषध दुर्ब्यसनको वर्तमान अवस्था र चुनौतीबारेमा प्रस्तुतीकरण गर्नु भएको थियो भने कोशी अस्पतालकी डाक्टर अजिता पौडेलले लागू औषध दुर्ब्यसनका कारण मानव स्वास्थ्यमा पर्ने असरको बारेमा सचेतना प्रदान गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, विशिष्ट अतिथि, बिशेष अतिथि लगायत अन्य महानुभावहरुले लागू औषध नियन्त्रणकालागी तयार गरीएको ९ बुँदे प्रतिबद्दता पत्रमा हस्ताक्षर गर्दै अभियानमा ऐक्यबद्धता जनाउनु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र प्रसाद पौडेल, मोरङ जिल्ला स्थित नगरपालिकाका प्रमुखहरु, गाउँपालिकाका प्रमुखहरु, पूर्वी पृतना हेड क्वाटर इटहरीका उपरथी, उच्च अदालत विराटनगरका माननीय न्यायाधिसहरु, प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुखहरु,  विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, उद्योग वाणिज्य संघहरुका प्रमुख तथा प्रतिनिधी हरु, बैङ्क, वित्तिय संस्था, बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी कार्यालय, संघ संस्था, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, खेलाडी, नागरीक समाज, बुद्दिजिवी, लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।    

नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण
२०८३-०२-०८

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जेठ ८ गते नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यालय, सम्पुर्ण शाखा तथा कक्षा कोठाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई अभिभावकको बिश्वास र भरोसा बोकेका बिद्यार्थीहरुको रेखदेखलाई पहिलो प्राथामिकता दिई शान्तमय वातावरणमा अध्ययन गर्ने अधिकारको शुनिश्चितता प्रदान गर्न निर्देशन दिनु भएको छ । वहाँले शिक्षकहरु छलफल तथा अन्तरक्रियाको क्रममा सौहार्दपुर्ण वातावरणमा विधार्थीहरुलाई अध्यापन गराउन र गुणस्तरीय शिक्षा प्रदान गर्न, शारिरिक ब्यायाम र अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउन अनुरोध गर्नु भएको थियो भने अध्ययनरत बिद्यार्थीहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालको समेत उपस्थिति रहेको थियो ।