प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित ७ जना पक्राउ

२०८३-०५-०४

  • A
  • A-
  • A+
Share

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । प्रहरी चौकी हल्दिबारीले हल्दिबारी गाउँपालिका-२ कदमचोकबाट भद्रपुर नगरपालिका-७ का २८ वर्षीय सुबास राजवंशीलाई १ ग्राम ५५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय पथरीले मोरङको पथरी शनिश्चरे नगरपालिका-१० संगम टोलबाट २३ वर्षीय घनश्याम बस्नेतलाई ५ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-८ स्थितबाट प्रादेशीक अनुसनधान समुह (PIT) र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त प्रहरी टोलीले मोरङ पथरी शनिश्चरे -५ का २६ वर्षीय निकेश माझी, इटहरी-८ का २२ वर्षीय युवराज विक, मोरङ केरावारी गाउँपालिका-१ का २१ वर्षीय रेजन विश्वकर्मा र झापा मेचीनगर नगरपालिका-८ का २१ वर्षीय सन्देश राउतको साथबाट ट्रामाडोल ९४१ क्याप्सुल, डाइसाइक्लोमाइन-१ हजार २ सय ३० ट्याब्लेट, ब्राउन सुगर-६०० मिलिग्राम, को ३६ प ५५४७ नम्बरको मोटरसाइकल र नगद ५३ हजार २ सय १० रुपैयाँ बरामद गरी पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१६ स्थितबाट २१ वर्षीय विदुर कार्कीलाई स्पास्पेन ४ सय २८ ट्याब्लेट र ट्रामोल ५ सय ४८ ट्याब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।


सम्बन्धित समाचार
“TEA WITH TEAM” कार्यक्रम सम्पन्न
२०८३-०५-०५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरुबीच आपसी सद्भाव, आत्मीयता, सहकार्य र सामूहिक भावनाको विकास गर्ने उद्देश्यले ‘सहकर्मीसँग एक कप चिया “Tea With Team” कार्यक्रमको आयोजना गरेको छ । भदौ ०५ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरीष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयाल, कोशी प्रदेश प्रहरी तालिमकेन्द्र विराटनगरका प्रहरी वरीष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया लगायतका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुले, गायन, कविता, मुक्तक तथा आफ्ना अनुभवहरु सहितको प्रतिभाहरु प्रस्तुत गर्नु भएको थियो ।   कार्यक्रमलाई सम्वोधनको क्रममा  प्रमुख अतिथि खनालले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न, सामूहिक भावनाको विकास गर्न, प्रहरी कार्यशैलीमा शिष्टता र सम्मानभाव अभिवृद्धि गर्न तथा सकारात्मक वातावरण निर्माण गर्न यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले व्यस्त व्यावसायिक जीवनशैली र कार्यबोझका कारण प्रहरी कर्मचारीबीच कायम रहनुपर्ने आपसी भ्रातृत्व, शिष्टाचार तथा सद्भावपूर्ण वातावरणलाई थप सुदृढ बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । साथै, कार्यक्रमले तनाव व्यवस्थापनसँगै ऊर्जावान प्रहरी कर्मचारीहरु भित्र रहेका प्रतिभा प्रस्फुटन गराउन र आपसी भावना तथा अनुभव आदानप्रदान गर्न मद्दत मिलेको बताउनु भयो । कार्यक्रममा बिधि विज्ञान प्रयोगशाला धरानका प्रहरी उपरीक्षक सुदन कुमार बिष्ट सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

“मर्यादापालक दक्षता अभिवृद्धि अनुशिक्षण तालिम” दोस्रो समुहको तालिम समापन
२०८३-०५-०५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वधानमा संचालन भएको ५ कार्य दिन अवधिको “मर्यादापालक दक्षता अभिवृद्धि अनुशिक्षण तालिम” दोस्रो समुहको भदौ ०५ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रमुख अतिथि खनालले प्रदेशकै महत्वपुर्ण तथा सम्बेदनशिल स्थानमा खटिएर काम गर्ने प्रहरी कर्मचारीहरुले अझ प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न सहज होस भन्ने उदेश्यले तालिम संचालन गरिएको बताउनु हुदै तालिमबाट सिकेका ज्ञान, सिप र क्षमतालाई कार्य क्षेत्रमा अक्षरस पालन गर्न निर्देशन दिनुभयो । उहाँले तालिमरत प्रशिक्षार्थीहरूबाट उठेका जिज्ञासाहरूको समेत सम्बोधन गर्नुका साथै आवश्यक स्पष्टता समेत प्रदान गर्नु भएको थियो । तालिम संयोजक गजेन्द्र रायाले तालिम सम्बन्धि प्रतिबेदन पेश गर्नुभएको थियो भने उक्त कार्यक्रममा कोशी प्रदेश सभा सचिवालयका उप-सचिव अर्जुन घिमिरे, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, प्रदेश सहयोग कार्यक्रमका प्रतिनिधि महेश नेपाल, कोशी प्रदेशसभाका अधिकृत निरज ढकाल सहित प्रहरी अधिकृतहरुको  उपस्थिति रहेको थियो । कोशी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश सहयोग कार्यक्रम अन्तरगत भदौ १ गतेबाट  संचालन भएको ५ कार्य दिनको उक्त तालिममा २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।    

लागू औषध बेचबिखन तथा ओसारपसारमा संलग्न ३ महिला सहित ९ जना पक्राउ
२०८३-०५-०३

झापा र सुनसरीबाट लागू औषध बेचबिखन तथा ओसारपसार संलग्न ३ महिला सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ०२ गते विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको कमल गाउँपालिका-५ स्थितबाट इलाम चुलाचुली गाउँपालिका-३ का निराज तामाङ, दिवान आङथुपो र कमल तामाङलाई ११ ग्राम १५० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र मे. ११ प ८१७७ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । त्यस्तै बिर्तामोड नगरपालिका-२ बाट इलाका प्रहरी कार्यालय अनारमनीले सोहि स्थानका श्यामलाल ताजपुरियालाई २ ग्राम १४० मिलिग्राम सहित र बिर्तामोड-६ की गिता महतोलाई उनकै घरबाट ५२८ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ भने लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर-६ स्थितबाट शिवसताक्षी नगरपालिका-७ की सर्मिला सावालाई १ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सुनसरीको इटहरी-१ बाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT र इलाका प्रहरी कार्यालय इटहरीले सोहि स्थानका रोजेश श्रेष्ठ, ज्ञानी चौधरी र मुकेश चौधरीलाई ८६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।               

प्रहरी कार्यक्रम प्रसारणका लागि सम्झौता नवीकरण
२०८३-०५-०३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र सार्वजनिक सेवा प्रसारण नेपाल NTV इटहरी च्यानल बीच प्रहरी  कार्यक्रम  प्रसारणका लागी सम्झौता नवीकरण भएको छ । भदौ ०३ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनाल र सार्वजनिक सेवा प्रसारण नेपाल NTV इटहरी च्यानलका प्रमुख  वसन्त रुपाखेती बीच सम्झौता नविकरण भएको हो । सम्झौता नवीकरण कार्यक्रमलाई सम्वोधनको क्रममा प्रदेश प्रहरी प्रमुख खनालले प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउदै प्रहरीका गतिविधि र नागरिकलाई आवश्यक पर्ने सुरक्षा सचेतना प्रवाह गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउँदै अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा कोशी प्रदेश प्रहरी कार्यालयद्वारा निर्मित प्रहरी कार्यक्रमलाई नेपाल टेलिभिजन मार्फत निःशुल्करुपमा प्रसारण गरी आम नागरिकमा सचेतना अभिवृद्दि गर्ने कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकोमा सार्वजनिक सेवा प्रसारण नेपाल NTV इटहरी च्यानललाई हार्दिक आभार व्यक्त गर्नु भयो । साथै सार्वजनिक सेवा प्रसारण नेपाल NTV इटहरी च्यानलका प्रमुख वसन्त रुपाखेतीले प्रहरी कार्यक्रमले नागरिकमा सचेना अभिवृद्धि गरी अपराध नियन्त्रण गर्न ठुलो सहयोग पुगेको बताउनु हुदै प्रहरी कार्यक्रमलाई अझ प्रभावकारी बनाई टेलिभिजनबाट प्रसारण गर्न संस्थाको तर्फबाट निरन्तर आवश्यक सहयोग र सहकार्य रहने धारणा व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुका साथै सार्वजनिक सेवा प्रसारण नेपाल NTV च्यानल इटहरीका उत्पादन प्रमुख अमित कुमार बर्मा सहितका पदाधिकारीहरुको उपस्थित रहेको थियो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आम नागरिकमा सचेतना अभिवृद्धि गरी समाजमा शान्ति, सुरक्षा र सु-व्यवस्था कायम राख्ने उद्देश्यका साथ सार्वजनिक सेवा प्रसारण नेपाल (NTV) इटहरी च्यानल लगायत स्थानीय टेलिभिजनहरूसँग सहकार्य गरी प्रहरी कार्यक्रमलाई प्रभावकारी रूपमा निरन्तर प्रसारण गर्दै आईरहेको छ ।  

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीको निरीक्षण
२०८३-०५-०२

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । भदौ ०२ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा उहाँले प्रहरी कर्मचारीहरू शारीरिक तथा मानसिकरूपमा स्वास्थ्य र तन्दुरुस्त भए मात्र आम नागरिकलाई प्रभावकारी सुरक्षा प्रदान गर्न सकिने भएको हुँदा कार्यरत प्रहरी कर्मचारीहरूलाई दैनिकरूपमा व्यायाम र पोषणयुक्त खानाको प्रबन्ध मिलाउन निर्देशन दिनुभयो । विशेष सुरक्षा गणमा कार्यरत प्रहरी कर्मचारीहरू विशेष गरी विपद उद्धार, भिड, हुलदङ्गा नियन्त्रण र जस्तो सुकै विषम परिस्थितिमा तत्काल परिचालन भई स्थितिलाई नियन्त्रणमा लिई नागरिकको सुरक्षा गर्नु पर्ने भएको हुँदा प्रहरी परिचालन हुनु अगावै कमाण्डरहरूले आवश्यक ब्रिफिङ गर्न, स्थितिलाई नियन्त्रणमा लिँदा कमाण्डरको निर्देशन बमोजिम सिलसिलेबार बल प्रयोगका सिद्धान्त अवलम्बन गरी प्रहरी कारवाही गर्न निर्देशन दिनु भएको छ । साथै उहाँले आफू बस्ने कार्यालय लगायत विपद उद्धार तथा भिड नियन्त्रणमा प्रयोग हुने सामाग्रीहरूको नियमित सरसफाइमा विशेष ध्यान दिन र विपदका घटनाहरूमा उद्धारको निम्ति आवश्यक सामाग्रीहरू सहित तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख खनाललाई नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराईले प्रहरी जनशक्ति व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका आकस्मिक तथा विशेष परिस्थितिमा प्रहरी परिचालनको अवस्था, कार्य योजनाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया सहित प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।