लागू औषध सहित ५ जना पक्राउ
२०८३-०६-१४
- A
- A-
- A+
झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ ।
असोज १३ गते झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-५ स्थितबाट दमक-८ का २५ वर्षिय सुधिर शर्मालाई ३७० मिलिग्राम ब्राउन सुगर सहित, दमक-४ का ३३ वर्षिय अनित राईलाई १ ग्राम २९० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी गरामनिले विर्तामोड नगरपालिका-८ का २९ वर्षिय यादन बि.क र सिन्धुपाल्चोक बागमती नगरपालिका-१० का ३३ वर्षिय सविन गोलेलाई ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको धरान उप-महानगरपालिका-१६ का ३५ वर्षिय निकेश रितेश तामाङलाई ट्रामोडोल- १०० क्याप्सुल प्रतिबन्धित औषधि सहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।