लागू औषध सहित ७ जना पक्राउ
२०८३-०२-१९
- A
- A-
- A+
झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । जेठ १८ गते चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले कचनकवल गाउँपालिका-६ स्थितबाट भारत किसनगंजका युबेद राजालाई ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर सहित र वडा प्रहरी कार्यालय भद्रपुरले कचनकवल गाउँपालिका-४ का हेमन्त विश्वकर्मालाई ५ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी मोरङको धनपालथान गाउँपालिका-३ र रंगेली नगरपालिका-४ चोप्राहबाट इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले रंगेली-१ का सुदिप भट्टराईलाई ३ ग्राम ब्राउन सुगर सहित, र उर्लाबारी -४ का अभिषेक कार्की, बेलवारी -२ का नविन निरौलालाई ७ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित र सुन्दरहरैचा नगरपालिका-७ का सुरज परियारलाई १३ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । चेकजाँचकै क्रममा सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान-१७ का भोला राईलाई ३४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।