प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

७ सय ८ किलो ७७० ग्राम लागू औषध गाँजा बरामद

२०८३-०६-२६

  • A
  • A-
  • A+
Share

उदयपुर र मोरङबाट ७ सय ८ किलो ७७० ग्राम गाँजा प्रहरीले वरादम गरेको छ भने संलग्न १ जनालाई पक्राउ गरेको छ । असोज २५ गते विशेष सुचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका- ६ स्थितबाट (५ बोरा) १०० किलोग्राम गाँजा सहित ओसार पसारमा संलग्न ताप्ली गाउँपालिका- २ का २२ बर्षीय विश्वराज राईलाई पक्राउ गरेको छ । त्यसै गरी मोरङको जहदा गाउँपालिका-४ बाट प्रदेश १-०१-००१ च ७४२२ नम्बरको पिकअप गाडीमा तरकारीको बिचमा लुकाई छिपाई राखेको (१९ बोरा) ६ सय ८ किलो ७७० ग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ भने ओसार पसारमा संलग्न चालकको खोजी कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
७१ औँ प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम
२०८३-०६-२७

“७१ औँ प्रहरी दिवस २०८३” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा मोरङको विराटनगर महानगरपालिका-९ पञ्चमुखी हनुमान मन्दिर स्थितमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी अस्पताल इनरुवा सुनसरी र विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा असोज २७ गते संचालन भएको रक्तदान कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, सशस्त्र प्रहरी बल कंकालिनी गण मोरङका सशस्त्र प्रहरी उपरीक्षक गहेन्द्र भण्डारी लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानियवासी, संचारकर्मी तथा बिभिन्न कलेजका शिक्षक तथा बिद्यार्थीहरु समेत गरी १३६ जनाले रक्तदान गरेका थिए । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय झापा, इलाम, धनकुटाद्वारा आयोजित रक्तदान कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियबासी समेत गरी ७० जनाले रक्तदान गरेका थिए ।

बिभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२७

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ७ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २६ गते मोरङबाट ६ जना र उदयपुरबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ६ महिना १५ दिन कैद सजाय र १८ हजार रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

१ हजार ९९ किलो ८४० ग्राम गाँजा बोकेको २ वटा पिकअप सहित १ जना पक्राउ
२०८३-०६-२७

उदयपुरको छुट्टा छुट्टै दुई स्थानबाट १ हजार ९९ किलो ८४० ग्राम गाँजा बोकेको २ वटा पिकअप गाडी सहित ओसार पसारमा संलग्न १ जनालाई पक्राउ  गरिएको छ । असोज २६ गते विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका-१ चारघरे स्थितमा संकित अवस्थामा सडक छेउमा रोकी राखेको बा. १४ च २२५५ नम्बरको बोलेरो पिकअप गाडीको डालामा २९ वटा बोरामा प्याकगरी राखेको अवस्थामा ९४० किलो ४४० ग्राम गाँजा बरामद गरेको थियो । त्यसैगरी बेलका नगरपालिका-५ देउराली स्थितमा प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र. १-०२-००२ च ५२९० नम्बरको पिकअप गाडीमा धानको भुसको बोरामा लुकाई छिपाई राखेको १ सय ५९ किलो ४०० ग्राम गाँजा सहित चालक सप्तरी सप्तकोशी नगरपालिका-८ का २८ वर्षिय पशुपति साफीलाई पक्राउ गरेको छ । ओसार पसारमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भईरहेको छ ।

“७१ औ प्रहरी दिवस २०८३” को अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न ।
२०८३-०६-२६

“७१ औ प्रहरी दिवस २०८३” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसरमा बृक्षारोपण गरिएको छ । असोज २६ गते बिहान प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, कोशी प्रदेश प्रहरी गणका गणपति प्रहरी उपरीक्षक मान बहादुर राई सहित  सिनियर तथा जुनियर प्रहरी अधिकृत प्रहरी कर्मचारीहरुद्वारा कार्यालय परिसरमा बिभिन्न प्रजातिका फलफूलका बिरुवाहरु रोपिएको छ ।

लागू औषध ब्राउन सुगर सहित ८ जना पक्राउ
२०८३-०६-२६

झापा र मोरङबाट लागू औषध ब्राउन सुगर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २५ गते चेकजाँचको क्रममा मोरङको इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१८ स्थितबाट भारत बिहार अररियाका राजेश कुमार राय र राधा कृष्ण रायलाई  ५२ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी झापाको लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले इलामको माई नगरपालिका-२ का डिक कुमार कोईराला, अर्जुनधारा- ६ का सुजन खवास, पदम राई र पुर्ण बहादुर राईलाई १ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ, भने प्रहरी चौकी फुलबारीले मोरङ रतुवामाइ-१० का अनिष गुरुङ र रेजिना तोलाङ्गीलाई ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।