लागू औषध सहित ३ जना पक्राउ
२०८३-०४-२६
- A
- A-
- A+
झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरिएको छ ।
साउन २५ गते झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका-५ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको को १२ प ३७३ मोटरसाईलकलाई संकालागी चेकजाँच गर्दा चालक बिर्तामोड नगरपालिका-४ का ३१ वर्षिय धिरज गुरुङ र पछाडी सवार झापा गाउँपालिका-२ का २६ वर्षिय भुपेन्द्र सिंह राजवंशीलाई २ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
त्यसैगरी मोरङको रंगेली नगरपालिका-७ स्थितमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-००४ ह.६७७० नम्बरको ई-रिक्सालाई संकालागी चेकजाँच गर्दा सोही स्थानका ३० वर्षिय सुनिल कुमार मण्डलको साथबाट ६२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।