लागू औषध सहित ९ जना पक्राउ
२०८३-०३-२१
- A
- A-
- A+
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरूको साथबाट ३६ ग्राम ८०८ मिलिग्राम ब्राउन सुगर, लागू औषध ३०० ट्याब्लेट र ४ थान सवारी साधन बरामद गरेको छ ।
......................................................................................................................................
बिशेष सूचनाको आधारमा लागू औषध व्यूरो काँकडभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले बा. ५७ प ७७३३ नम्बरको मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका- ८ का सरोज गहतराजलाई २३ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित र वडा प्रहरी कार्यालय भद्रपुरले को. ३७ प १४८७ नम्बरको मोटरसाईकलमा सावार बिर्तामोड- ३ का बिक्रम कार्की र दिवस दाहाललाई २ ग्राम ०३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा बिर्तामोड- २ बाट मे ८ प ८६७३ नम्बरको मोटरसाईकलमा सवार बिर्तामोड-१ का सुजित खवास र भारत दरभङगाका कन्हैया ठाकुरलाई १ ग्राम १९० मिलिग्राम ब्राउन सुगर सहित कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले नियन्त्रणमा लिएको छ ।
यसै गरी विराटनगर- १५ स्थितबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT), लागू औषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीले सप्तरीका सुमित कुमार चौधरीलाई ९ ग्राम ०५ मिलिग्राम सहित र इलाका प्रहरी कार्यालय बेलबारीले सुन्दरहरैचा नगरपालिका-१० का जिबन राई र सुसान्त राईलाई २८ मिलिग्राम ब्राउन सुगर र लागू औषध NITZASCEN ३०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका- ३ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रदेश १-०२-०४१ प ९०४३ नम्बरको मोटरसाईकल चालक बराहक्षेत्र नगरपालिका- ७ का समिर खड्कालाई १ ग्राम ०५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।