लागू औषध ब्राउन सुगर सहित ८ जना पक्राउ
२०८३-०६-२६
- A
- A-
- A+
झापा र मोरङबाट लागू औषध ब्राउन सुगर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २५ गते चेकजाँचको क्रममा मोरङको इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१८ स्थितबाट भारत बिहार अररियाका राजेश कुमार राय र राधा कृष्ण रायलाई ५२ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी झापाको लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले इलामको माई नगरपालिका-२ का डिक कुमार कोईराला, अर्जुनधारा- ६ का सुजन खवास, पदम राई र पुर्ण बहादुर राईलाई १ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ, भने प्रहरी चौकी फुलबारीले मोरङ रतुवामाइ-१० का अनिष गुरुङ र रेजिना तोलाङ्गीलाई ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।