१०१ किलो ६४० ग्राम गाँजा सहित ५ जना पक्राउ
२०८३-०५-२६
- A
- A-
- A+
उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितबाट १ सय १ किलो ६४० ग्राम लागू औषध गाँजा सहित ५ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । भदौ २५ गते त्रियुगा नगरपालिका-६ स्थितमा प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले गाईघाटबाट कदमाहा तर्फ जादै गरेको २ वटा यात्रु वाहक विङगर गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको छतमा प्लास्टिकमा प्याक गरी झोलामा लुकाई छिपाई राखेको १ सय किलो १६४ ग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न संकित ५ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।