लागू औषध सहित ६ जना पक्राउ
२०८३-०२-२१
- A
- A-
- A+
सुनसरी र मोरङबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २० गते सुनसरी जिल्लाको बिभिन्न स्थानहरुमा चेकजाँचमा खटिएको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर १७ ग्राम ३६६ मिलिग्राम सहित संलग्न संखुवासभा बाह्रबिसे-१ घर भई हाल ईटहरी- ५ स्थित बस्दै आएका भिम बहादुर दास, इटहरी-१८ का रोहित चौधरी, धरान-१७ का अमित राई, धरान- ८ का प्रवेश राई र मनोज तामाङलाई पक्राउ गरेको छ । यसै गरी मोरङको अस्थायी प्रहरी पोष्ट केचनाले सुनवर्सी- २ का रुष्तम मियाँलाई १५ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।