लागू औषध सहित ४ जना पक्राउ
२०८३-०४-२०
मोरङ र पाँचथरबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । साउन १९ गते मोरङको बेलबारी नगरपालिका–१ सिसौली स्थितबाट इलाका प्रहरी कार्यालय बेलबारी मोरङको प्रहरी टोलीले बेलबारी नगरपालिका–१ का २४ वर्षीय विकास रौनियारलाई प्रतिबन्धित औषधि ट्रामाडोल ४९ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित पक्राउ गरेको छ । यसैगरी पाँचथरको फिदिम नगरपालिका–१ बरडाँडास्थितबाट जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले फिदिम नगरपालिका–१ का ३१ वर्षीय निराजन खतिवडा, २१ वर्षीय एलन नेङबाङ र २६ वर्षीय दिलबहादुर राईलाई ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।