प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

५६३ ग्राम ६२० मिलिग्रान ब्राउन सुगर सहित २ जना पक्राउ

२०८३-०१-०५

  • A
  • A-
  • A+
Share

झापाको कनकाई नगरपालिका-५ स्थितबाट ५६३ ग्राम ६२० मिलिग्रान ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ०४ गते बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले BR 37R 1866 नम्बरको मोटरसाईकलमा संकास्पद अवस्थामा रहेका झापा गाउँपालिका-६ का २२ बर्षीय साफिक उल मिया र भारत बिहार डिगलबैंकका २२ बर्षीय निसार आलमको साथमा रहेको झोला खान तलासी गर्दा ५६३ ग्राम ६२० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित समाचार
लागू औषध सहित २ जना पक्राउ
२०८३-०१-०८

सुनसरी र इलाम जिल्लाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । वैशाख ७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय धरानको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको धरान उप-महानगरपालिका-८ स्थितबाट धरान-१४ का निश्चल बस्नेतलाई  ८३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ भने इलामको प्रहरी चौकी दानबारीले माई नगरपालिका-८ का सन्तोष कुमार गोलेलाई ५ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेको दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध सहित ८ जना पक्राउ
२०८३-०१-०७

झापा, मोरङ र सुनसरीबाट लागूऔषध सहित ८ जनालाई पक्राउ गरिएको छ । हिजो दिउँसो २ बजे झापाको झापा गाँउपालिका वडा नं. ४ सुकुम्बासी टोल स्थितबाट प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ बस्ने ३७ बर्षीय अजय कुमार लिम्बु, ६२ बर्षीया खदी देवी मुखिया र ३३ बर्षीया सपना कपालीलाई ब्राउन सुगर १२ ग्राम २५ मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी हिजो बेलुका पौने ५ बजे मोरङ पथरीशनिश्चरे नगरपालिका ७ घरभएका २४ बर्षीय रुपन राई र पथरीशनिश्चरे नगरपालिका ६ का २१ बर्षीय शिशिर बस्नेतलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले Tramadol Hydrochloride Capsuled IP (Tramol-50) ७८ क्याप्सुल र Dicyclomine HCL Tablets IP 20 mg ८१ चक्की सहित पक्राउ गरेको छ । यसै गरी हिजो दिनको साँढे ३ बजे सुनसरीको कोशी गाउँपालिका २ सरदार टोल स्थितबाट ७० बर्षीय लक्ष्मी सरदार, ४२ बर्षीया देवकी सरदार र भारतिय नागरिक २६ बर्षीय सहवाज आलमलाई गाँजा ७५ किलो ३३० ग्राम सहित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका सबै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८३-०१-०४

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले वडा प्रहरी कार्यालय भद्रपुर, झापामा कार्यरत प्रहरी निरीक्षक मोतिलाल योञ्जन तामाङलाई २०८२ साल चैत्र महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक मोतिलाल योञ्जन तामाङले “अपरेसन ब्राउन” अन्तर्गत भद्रपुर एरियामा लागू औषध नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गरी चैत्र महिनाभरी लागू औषध सम्बन्धी १५ वटा मुद्दामा संलग्न ३२ जना अभियुक्तलाई पक्राउ गरी उनीहरूको साथबाट जम्मा ३४६ ग्राम ५७ मिलिग्राम लागू औषध ब्राउन सुगर, नगद ३ लाख रुपैया सहित बरामद गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको, भन्सार छलीका १० लाख ४७ हजार बरावरको बिभिन्न अवैध सामानहरु बरामद गरेको, विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको,  Gen-Z आन्दोलनको क्रममा पूर्ण रूपमा क्षति ग्रस्त वडा प्रहरी कार्यालय भद्रपुरको कार्यालय तथा ब्यारेक मर्मत, आवश्यक फर्निचर, विद्युतिय सामाग्री व्यवस्थापन तथा मेची बिटको पुनः स्थापनाको निम्ति स्थानीय निकाय, विभिन्न संघ–संस्था तथा स्थानीयबासिहरु सँग समन्वयात्मक भूमिका निर्वाह गरेको, प्रहरी चौकी मेचीपारीको नयाँ जग्गा प्राप्तिको लागी नेतृत्वदायी भूमिका निर्वाह गरेको साथै वडा प्रहरी कार्यालय भद्रपुरको नयाँ भवन निर्माण तथा जग्गा प्राप्तिको लागी निरन्तर पहल गरिरहेको साथै सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी आम नागरिकमा शान्ति सुरक्षाको अनुभुति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट बहन गरेको हुँदा निज प्रहरी निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल चैत्र महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।