लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-१०
- A
- A-
- A+
झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ६ जनालाई पक्राउ गरिएको छ ।
भदौ ०९ गते झापाको लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थितमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०१-००२ ह ९०८३ नम्बरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्दा ई-रिक्शाको ह्यान्डलभित्र लुकाई छिपाई राखेको ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित ई-रिक्शा चालक मेचीनगर नगरपालिका-१० बस्ने १९ वर्षीय सञ्जय दासलाई पक्राउ गरेको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-१ भुटाहास्थितमा विराटनगरबाट कुल्हरियातर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-००४ ह ४१३४ नम्बरको ई-रिक्शालाई चेकजाँच गर्दा २६ किलो ३३० ग्राम गाँजा फेला पारी सिटी सफारी चालक सोही स्थान बस्ने १९ वर्षीय विजय कुमार सरबरियालाई सिटी सफारी सहित नियन्त्रणमा लिइएको छ ।
त्यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-११ भुसकलुवास्थितमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही स्थानका समीर विश्वकर्मालाई ट्रामाडोल १ हजार ६८० ट्याब्लेट र डाइसाइक्लोमाइन १ हजार ५७० ट्याब्लेट सहित र २४ वर्षीय आशिष सरदारलाई ट्रामाडोल ८० ट्याब्लेट र डाइसाइक्लोमाइन ४० ट्याब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । त्यसैगरी प्रहरी चौकी खनारले को २ ह ४९७२ नम्बरको अटोमा सवार धरान उप-महानगरपालिका-२० का २१ वर्षीया अञ्जली राईलाई १० किलो ३० ग्राम गाँजा सहित अटो चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ का ५० वर्षीय विजय चौधरीलाई पक्राउ गरिएको छ भने अस्थायी प्रहरी चौकी नयाँ बसपार्कले धरान-५ देउरालीका २२ वर्षीय सूर्य लावतीलाई ट्रामाडोल १५० चक्की, डेकोलिक ५० चक्की र एन्जिन २५- १०० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । उक्त घटनाहरू सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।