प्रतिवन्धित लागू औषध सहित ८ जना पक्राउ
२०८३-०४-२२
- A
- A-
- A+
जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध सहित ८ जना पक्राउ परेका छन । साउन २१ गते चेकजाँचको क्रममा झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाले कनकाई नगरपालिका-४ का मिलन गुरुङलाई ३८० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड नगरपालिका-५ का इकवाल अन्सारी, बाह्रदशी गाउँपालिका-४ का मनोज राजवंशी र बाह्रदशी गाउँपालिका-३ की धनकुमारी राजवंशीलाई १९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रानीले धरान-३ का राजेश खड्की र धरान-१५ का विजय तामाङलाई ३९ वटा नाइट्रोजन ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा धनकुटाको इलाका प्रहरी कार्यालय पाख्रिबासले महालक्ष्मी नगरपालिका-५ का समिर राई र खाँदबारी नगरपालिका-९ का सौजन लिम्बुलाई १४४ क्याप्सुल ट्रामोल सहित नियन्त्रणमा लिएको छ ।