लागू औषध सहित १३ जना पक्राउ
२०८३-०३-०६
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियानअन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित संयुक्त प्रहरी टोलीले लागू औषधमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट १६ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर, ५८८ चक्की प्रतिवन्धित औषधी, गाँजा-२० किलोग्राम र ४ वटा सवारी साधन बरामद गरिएको छ ।
.......................................................................................................................................................
चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय दमक र गौरादह झापाको प्रहरी टोलीले ९१० मिलिग्राम लागू औषध ब्राउनसुगर सहित गौरादह नगरपालिका-२ का ३१ वर्षीय विवेक राजवंशी, गौरादह-२ का २८ वर्षीय रेगन राजवंशी र ३१ वर्षीय संजय कुमार राजवंशीलाई प्र १-०१-०१२ प ५६६८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो भने वडा प्रहरी कार्यालय भद्रपुरले मे ९ प ४०७१ नम्बर स्कुटरमा सवार बिर्तामोड-९ का ३५ वर्षीय राज कुमार कामती पछाडी सवार निजकै श्रीमती मनिका कामती सहितलाई ९ ग्राम ८१० मिलिग्रम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी अस्थायी प्रहरी चौकी कानेपोखरी मोरङले कानेपोखरी-७ का २७ वर्षीय समिर राईलाई ४ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसका साथै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय इटहरीले विराटनगर महानगरपालिका-१७ का २५ वर्षीय सोहराब आलमलाई ७४० मिलिग्राम ब्राउनसुगर सहित, अस्थायी प्रहरी चौकी जोरसखुवाले धरान-११ का २४ वर्षीय मियोङ लिम्बुलाई ट्रामाडोल २९४ क्याप्सुल र प्रतिबन्धित औषधि २९४ चक्की सहित, इलाका प्रहरी कार्यालय लौकही सुनसरीले धरान-१५ का २० वर्षीय एमिल राईलाई निट्राजेपाम-५० ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ । यसका साथै प्रहरी चौकी रिस्कु उदयपुरबाट खटिएको प्रहरीको चेकीङ टोलीले उदयपुरको उदयपुरगढी-६ का ३० वर्षीय नर बहादुर पुलामी मगरलाई २० किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी आखिसल्ला धनकुटाले धनकुटा नगरपालिका-७ का २९ वर्षीय दर्शन राई, धनकुटा-१० का २८ वर्षीय नमुनेश भुजेल र सहिदभुमी-२ का २३ वर्षीय आयुष राईलाई ६०० मिलिग्राम ब्राउनसुगर, प्र.३-०२-००१प ८४३० को स्कुटर र प्र.-०२-०५०प ६५६६ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।