प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित ५ जना पक्राउ

२०८३-०५-३१

  • A
  • A-
  • A+
Share

झापा, मोरङ र पाँचथरबाट लागू औषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ३० गते झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गौरादह नगरपालिका-४ का बाबुराम मुर्मुलाई १ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी कुटीले बिर्तामोड-२ का समिर बस्नेतलाई ८२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका-१ अजय मादेनलाई १ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय पाँचथरले याङवरक गाउँपालिका-२ का बिशाल लिम्बु र हिलिहाङ गाउँपालिका-७ का युवराज विश्वकर्मालाई १४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित समाचार
बिभिन्न मुद्दाका ९ जना फरार प्रतिवादी पक्राउ
२०८३-०५-३१

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ९ जना प्रतिवादीलाई प्रहरीले खोजतलासको क्रममा पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा भदौ ३० गते मोरङबाट ३ जना, झापाबाट २ जना, ओखलढुंगा, सोलुखुम्बु, सुनसरी र पाँचथरबाट १/१ जना गरी ९ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ८ बर्ष कैद सजाय र ४८ हजार  ६०० रुपैयाँ जरिवाना रकम असुल उपर भएको छ भने कैद भुक्तानको लागी कारागार पठाएको छ ।

भन्सार छलीका सामानहरू नियन्त्रणमा
२०८३-०५-३०

सुनसरीको विभिन्न स्थानहरुबाट प्रहरीले भन्सार छली नेपाल भित्राउदै गरेका अवैध सामानहरू नियन्त्रणमा लिएको छ । भदौ २९ गते इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले गढी गाउँपालिका-२ स्थितमा यात्रुबाहक म्याजिकलाई चेकजाँच गर्दा १ लाख ६९ हजार २ सय मुल्य बरावरको अवैध लत्ता कपडाहरू बरामद गरेको छ । यसै गरी अस्थायी प्रहरी चौकी नडाहाले बराहक्षेत्र नगरपालिका-३ स्थितबाट ४५ हजार  मुल्य बराबरको लत्ता कपडाहरू र इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-३ स्थितबाट ३१ हजार २ सय मुल्य बराबरको लत्ता कपडाहरू र १० हजार मुल्य बराबरको चिनी बरादम गरेको छ । बरामद गरिएका सामग्रीहरुलाई आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय पठाउने तयारी भईरहेको छ ।  

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८३-०५-३०

झापा र सुनसरीबाट भदौ २९ गते लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । झापाको मेचीनगर नगरपालिका-६ स्थितमा चेकजाँचको क्रममा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले बिर्तामोड नगरपालिका-८ का२८ बर्षीय बिजय राजबंशीलाई  ३ ग्राम १४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड नगरपालिका-३ का कुरबान शेखलाई ३ ग्राम ६२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनको प्रहरी टोलीले चेकजाँचको क्रममा को.३१ प ८८८५ नम्बरको स्कुटरमा सवार धरान उप-महानगरपालिका-१७ का हेम राई र जय बहादुर खड्गीलाई १ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।  

लागू औषध ब्राउन सुगर सहित ९ जना पक्राउ
२०८३-०५-२९

सुनसरी, झापा र मोङबाट भदौ २८ गते लागू औषध ब्राउन सुगर सहित ९ जनालाई पक्राउ गरिएको छ । सुनसरीको धरान उपमहानगरपालिका ७ स्थितबाट अस्थाई प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले तेह्रथुम छथर गाँउपालिका ५ बस्ने ३० बर्षीय संजिव दासलाई ब्राउन सुगर ३०० मिलिग्राम सहित पक्राउ गरेको छ । यस्तै सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका ६ ढलान रोड स्थितबाट इलाका प्रहरी कार्यालय लौकही र प्रहरी चौकी नरसिंह टप्पुबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उपमहानगरपालिका ५ वस्ने २२ बर्षीय राज राई र इलाम देउमाई नगरपालिका ६ वस्ने २८ बर्षीय मदन सुवेदीलाई ब्राउन सुगर ८ ग्राम ३९० मिलिग्राम सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीकै हरिनगर गाँउपालिका ६ स्थित भित्री सडक खण्डमा प्रहरी चौकी घुस्कीहाट सुनसरीबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्र.१-०२-०५८ प ८३७२ नम्बरको मोटरसाईकलको डिकी भित्र ब्राउन सगुर ६ ग्राम ३३० मिलिग्राम फेला परेसगै चालक हरिनगरा गाँउपालिका ५ सुकसैना बस्ने ५५ बर्षीय श्री नारायण मेहतालाई पक्राउ गरेको छ ।यसैगरी झापाको मेचीनगर नगरपालिका ६ मेचीडाँडा स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ७ बस्ने २७ बर्षीय रबिन कटवाललाई ब्राउन सुगर ४ ग्राम ६१० मिलिग्राम सहित र बिर्तामोड नगरपालिका ४ बिर्ताबजार बस्ने २०बर्षीय सुमन कर्मकारलाई ब्राउन सुगर ५ ग्राम ८२० मिलिग्राम सहित पक्राउ गरेको छ ।यसैगरी मोरङको विराटनगर महानगरपालिका १६ दरैया स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १२ बस्ने ३२ बर्षीय राजन कामत र विराटनगर महानगरपालिका ३ बस्ने ३१ बर्षीय बिशाल अधिकारीलाई ब्राउन सुगर ५ ग्राम ५३० मिलिग्राम सहित पक्राउ गरेको छ भने मोरङकै पथरीशनिश्चरे नगरपालिका ८ झोलुङगे पुल स्थितबाट अस्थाई प्रहरी पोष्ट कुसलबजारबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाँउपालिका ५ बोहोरा गाँउ बस्ने ३४ बर्षीय जिबन बोहोरालाई ब्राउन सुगर ३ ग्राम २९० मिलिग्राम सहित पक्राउ गरेको छ ।लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।