प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

२०८३-०५-३०

  • A
  • A-
  • A+
Share

झापा र सुनसरीबाट भदौ २९ गते लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । झापाको मेचीनगर नगरपालिका-६ स्थितमा चेकजाँचको क्रममा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले बिर्तामोड नगरपालिका-८ का२८ बर्षीय बिजय राजबंशीलाई  ३ ग्राम १४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड नगरपालिका-३ का कुरबान शेखलाई ३ ग्राम ६२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनको प्रहरी टोलीले चेकजाँचको क्रममा को.३१ प ८८८५ नम्बरको स्कुटरमा सवार धरान उप-महानगरपालिका-१७ का हेम राई र जय बहादुर खड्गीलाई १ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

 


सम्बन्धित समाचार
भन्सार छलीका सामानहरू नियन्त्रणमा
२०८३-०५-३०

सुनसरीको विभिन्न स्थानहरुबाट प्रहरीले भन्सार छली नेपाल भित्राउदै गरेका अवैध सामानहरू नियन्त्रणमा लिएको छ । भदौ २९ गते इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले गढी गाउँपालिका-२ स्थितमा यात्रुबाहक म्याजिकलाई चेकजाँच गर्दा १ लाख ६९ हजार २ सय मुल्य बरावरको अवैध लत्ता कपडाहरू बरामद गरेको छ । यसै गरी अस्थायी प्रहरी चौकी नडाहाले बराहक्षेत्र नगरपालिका-३ स्थितबाट ४५ हजार  मुल्य बराबरको लत्ता कपडाहरू र इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-३ स्थितबाट ३१ हजार २ सय मुल्य बराबरको लत्ता कपडाहरू र १० हजार मुल्य बराबरको चिनी बरादम गरेको छ । बरामद गरिएका सामग्रीहरुलाई आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय पठाउने तयारी भईरहेको छ ।  

लागू औषध ब्राउन सुगर सहित ९ जना पक्राउ
२०८३-०५-२९

सुनसरी, झापा र मोङबाट भदौ २८ गते लागू औषध ब्राउन सुगर सहित ९ जनालाई पक्राउ गरिएको छ । सुनसरीको धरान उपमहानगरपालिका ७ स्थितबाट अस्थाई प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले तेह्रथुम छथर गाँउपालिका ५ बस्ने ३० बर्षीय संजिव दासलाई ब्राउन सुगर ३०० मिलिग्राम सहित पक्राउ गरेको छ । यस्तै सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका ६ ढलान रोड स्थितबाट इलाका प्रहरी कार्यालय लौकही र प्रहरी चौकी नरसिंह टप्पुबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उपमहानगरपालिका ५ वस्ने २२ बर्षीय राज राई र इलाम देउमाई नगरपालिका ६ वस्ने २८ बर्षीय मदन सुवेदीलाई ब्राउन सुगर ८ ग्राम ३९० मिलिग्राम सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीकै हरिनगर गाँउपालिका ६ स्थित भित्री सडक खण्डमा प्रहरी चौकी घुस्कीहाट सुनसरीबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्र.१-०२-०५८ प ८३७२ नम्बरको मोटरसाईकलको डिकी भित्र ब्राउन सगुर ६ ग्राम ३३० मिलिग्राम फेला परेसगै चालक हरिनगरा गाँउपालिका ५ सुकसैना बस्ने ५५ बर्षीय श्री नारायण मेहतालाई पक्राउ गरेको छ ।यसैगरी झापाको मेचीनगर नगरपालिका ६ मेचीडाँडा स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ७ बस्ने २७ बर्षीय रबिन कटवाललाई ब्राउन सुगर ४ ग्राम ६१० मिलिग्राम सहित र बिर्तामोड नगरपालिका ४ बिर्ताबजार बस्ने २०बर्षीय सुमन कर्मकारलाई ब्राउन सुगर ५ ग्राम ८२० मिलिग्राम सहित पक्राउ गरेको छ ।यसैगरी मोरङको विराटनगर महानगरपालिका १६ दरैया स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १२ बस्ने ३२ बर्षीय राजन कामत र विराटनगर महानगरपालिका ३ बस्ने ३१ बर्षीय बिशाल अधिकारीलाई ब्राउन सुगर ५ ग्राम ५३० मिलिग्राम सहित पक्राउ गरेको छ भने मोरङकै पथरीशनिश्चरे नगरपालिका ८ झोलुङगे पुल स्थितबाट अस्थाई प्रहरी पोष्ट कुसलबजारबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाँउपालिका ५ बोहोरा गाँउ बस्ने ३४ बर्षीय जिबन बोहोरालाई ब्राउन सुगर ३ ग्राम २९० मिलिग्राम सहित पक्राउ गरेको छ ।लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८३-०५-२८

झापा, मोरङ र सुनसरी भदौ २७ गते जिल्लाका विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई पक्राउ गरिएको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको संयुक्त प्रहरी टोलीले शिवसताक्षी नगरपालिका-६ का ५३ वर्षिय संजय अग्रवाल र सोही स्थानका १८ वर्षिय अर्जुन मल्लिकलाई ७ ग्राम १४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कुसलबजारबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका-४ का ३७ वर्षिय सुन्दर धिमाललाई १ ग्राम ९७० मिलिग्राम र पथरीशनिश्चरे नगरपालिका-८ का २९ वर्षिय अजय मगरलाई २७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-९ का २५ वर्षिय भजन देव रामलाई ५९० मिलिग्राम ब्राउन सुगर, ट्रमाडोल ५ ट्याब्लेट र स्पास्टिन ६ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय लौकहीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धादिङ बेनीघाट गाउँपालिका-१ का २८ वर्षिय राज कुमार थिङ तामाङलाई ३ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित २ जना पक्राउ
२०८३-०५-२७

झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर र गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । झापाको इलाका प्रहरी कार्यालय अनारमनी र घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-९ का डम्बर कुमार श्रेष्ठलाई २ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको अस्थायी प्रहरी चौकी घिनाघाटले विराटनगर महानगरपालिका-१९ का ४३ वर्षिय बलराम पासवानलाई २०० ग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको छ । यसैगरी प्रादेशीक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान उपमहानगरपालिका-४ स्थित कोशी राजमार्ग स्थितमा बेवारिसे अवस्थामा २५ किलोग्राम गाँजा र मोरङको प्रहरी चौकी मझारेले जहदा गाउँपालिका-२ स्थितबाट बोरामा ३२ किलोग्राम ७६० ग्राम गाँजा बरामद गरेको छ ।