५ बुङ्ग तास सहित १३ जना पक्राउ
२०८३-०६-१२
- A
- A-
- A+
सङ्खुवासभा र धनकुटाबाट ५ बुङ्ग तास र नगद २ लाख ४ हजार ३८० रुपैयाँ सहित तास खेल्ने १३ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । असोज ११ गते जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको प्रहरी टोलीले खाँदबारी नगरपालिका-८ जिरो प्वाइन्ट स्थित मान बहादुर तिवारीको घरमा तास खेलिरहेको अवस्थामा १ बुङ्ग तास र नगद ८९ हजार ८३० रुपैयाँ सहित घर धनी मान बहादुर तिवारी, सोही स्थानका टिकाराम तिवारी, देवेन्द्र श्रेष्ठ, सिलिङचोङ-५ का दिनेश कार्की, र बसन्त राईलाई पक्राउ गरेको छ । यसै गरी जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले धनकुटा नगरपालिका-१ हिले स्थित सिताराम श्रेष्ठको घरको कोठा भित्र तास खेलिरहेको अवस्थामा धनकुटा नगरपालिका का मोहन बहादुर वि.क., रमेश राई, सविन तामाङ, तेज बहादुर मगर, रमेश भण्डारी, दिपेन्द्र मगर, रमेश कार्की र महालक्ष्मी नगरपालिका-८ का रामकाजी बि.क.लाई ४ बुङ्ग तास, गोटी ११९ वटा र नगद १ लाख १४ हजार ५५० रुपैयाँ सहित पक्राउ गरेको छ । तास सहित पक्राउ परेका उनीहरूको आवश्यक कानूनी कारवाही भइरहेको छ ।