प्रतिबन्धीत औषधी सहित २ जना पक्राउ
२०८३-०२-२८
- A
- A-
- A+
सुनसरीको इटहरी उप-महानगरपालिका–१० मुसहर टोलस्थितबाट प्रतिबन्धीत औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २७ गते लागू औषध बिक्री वितरण भइरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी खनार र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले इटहरी–१० का १९ वर्षीय प्रभात सरदार र १९ वर्षीय जितेन्द्र ऋषिदेवलाई ट्रामाडोल ८६० चक्की र डाइसाइक्लोमिन ८१० चक्की प्रतिबन्धीत औषधी सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भइरहेको छ ।