लागू औषध सहित २ जना पक्राउ
२०८३-०४-२९
- A
- A-
- A+
झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित २ जनालाई पक्राउ गरिएको छ ।
साउन २८ गते झापाको भद्रपुर नगरपालिका-५ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले विर्तामोड नगरपालिका-२ का २१ वर्षिय अजय रेग्मीलाई ३ ग्राम ११ मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको इलाका प्रहरी कार्यालय पकलीले इटहरी उप-महानगरपालिका-१७ का २५ वर्षिय अस्रफ मियालाई २३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका दुबैजनाको थप अनुसन्धान भई रहेको छ ।