लागू औषध सहित ११ जना पक्राउ
२०८३-०७-२०
- A
- A-
- A+
झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ११ जनालाई पक्राउ गरिएको छ । कात्तिक १९ गते झापाको मेचीनगर नगरपालिका-६ मेचीडाँडा स्थितमा लागू औषध नियनत्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-११ का ४३ वर्षिय बिनोद श्रेष्ठलाई ५ ग्राम ५८० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-७ का २५ वर्षिय शंकर मंडल र दमक-२ का २५ वर्षिय अतित राना मगरलाई ३ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी मोरङको उर्लाबारी नगरपालिका-१ का २६ वर्षिय राम कुमार परियारलाई प्रतिबन्धित औषधि स्पास्मेड-१४० ट्याब्लेट र ट्रामाडोल-१४० ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले इटहरी उप महानगरपालिका-२ का २४ वर्षिय निश्चल कटुवाल र इटहरी-९ का २१ वर्षीया अन्शु पोखरेल र इटहरी- ६ का २६ वर्षिय राहुल रायलाई ३ ग्राम १९० मिलिग्राम ब्राउन सुगर सहित, जिल्ला प्रहरी कार्यालय सुनसरीले ईटहरी-५ का २६ वर्षिय नबिन कार्कीलाई ४८० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी औरावनीले सुन्दरहरैचा गाउँपालिका-९ का २१ वर्षिय देवेन्द्र मगराती र देवानगंज गाउँपालिका-३ का २४ वर्षिय अजय कुमार शर्मालाइ १ ग्राम ४० मिलिग्राम गाँजा र ४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डीगढी नगरपालिका-३ का २७ वर्षीय सुशान्त राउतलाई २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-७ तिलतिले स्थितमा गाँजा फडानी गर्ने क्रममा सोही स्थानमा बेवारिसे अवस्थामा ८५ वटा बोरामा २ हजार ८ सय २० किलोग्राम गाँजा फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान कार्य भई रहेको छ ।