लागू औषध गाँजा बरामद
२०८३-०६-२१
- A
- A-
- A+
भोजपुर, धनकुटा र मोरङबाट ८ सय ५ किलो ८२९ ग्राम लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । असोज २० गते जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी गस्ती टोलीले हतुवागढी गाउँपालिका-९ स्थित धिरिङ खोला छेउबाट ६ वटा प्लास्टिको बोरामा प्याक गरी राखेको २ सय ४४ किलो ७७९ ग्राम गाँजा सहित आमचोक गाउँपालिका-७ का एकराज मगरलाई नियन्त्रणमा लिएको छ । सोही दिन धनकुटाको इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाँउपालिका-६ स्थित भित्रि सडक खण्डमा दुर्घटना भएको बा. १३ च ६२७५ नम्बरको स्कर्पियो गाडीमा बोरामा प्याक गरी राखेको अवस्थामा ३ सय ४१ किलोग्राम गाँजा बरामद गरेको छ भने संलग्न व्यक्तिको खोजी कार्य भईहरको छ । यसै गरी मोरङको जहदा गाउँपालिका-१ स्थित धान खेतमा बेवारिसे अवस्थामा रहेको २ सय २० किलो ५० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।