लागू औषध सहित ३ जना पक्राउ
२०८३-०७-१०
- A
- A-
- A+
मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाइ पक्राउ गरिएको छ । कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-७ झुलुङगे पुल स्थितमा प्र १-०२-००३ अ ६४९६ नम्बरको सिटि रिक्सालाई चेकजाँच गर्दा सोही स्थानका २४ वर्षिय देब मण्डललाई २८ किलो ४५० ग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको छ भने सुनसरीको अस्थायी प्रहरी चौकी ईनरुवाले धनार उप-महानगरपालिका-५ का २६ वर्षिय बिशाल अछामी र ३८ वर्षिय बिरु लिम्बुलाई ४ ग्राम ७८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।