लागूऔषध गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा
२०८३-०६-०७
- A
- A-
- A+
सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरा स्थित कोशी लोकमार्गबाट ४ सय ५० किलोग्राम गाँजा बोकेको बा.२ च ९५७३ नम्वरको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । असोज ६ गते राती प्रहरी चौकी तरहराबाट गस्तीमा खटिएको प्रहरी टोलीले कोशी लोकमार्गमा रोकी राखेको बा.२ च ९५७३ नम्वरको एम्बुलेन्सलाई शंका लागी चेकजाँच गर्ने क्रममा एम्बुलेन्स भित्र १५ वटा प्लास्टिकको पोको बनाई राखेको ४ सय ५० किलोग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भएसंगै उक्त एम्वुलेन्स नियन्त्रणमा लिएको छ भने ओसार पसारमा संलग्न चालकको खोजी कार्य भईरहेको छ ।