लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०३-२४
- A
- A-
- A+
कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियान अन्तर्गत लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श र जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ६७० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।
इटहरी उपमहानगरपालिका–१ स्थित खोटाङे होटलबाट विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–२ का २६ वर्षीय रविन लिम्बु र जिल्ला काभ्रे पनौती नगरपालिका निवासी २३ वर्षीया एलिना लामाको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको छ ।
यसैगरी सुनसरीको इनरुवा नगरपालिका–४ स्थितमा अस्थायी प्रहरी चौकी इनरुवा बसपार्कबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–८ निवासी २२ वर्षीय बितेस तामाङको साथबाट १७० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको छ ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको छ ।