२०८ ग्राम ब्राउन सुगर सहित २ जना पक्राउ
२०८३-०३-१२
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT), लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले २०८ ग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । असार ११ गते सुनसरीको बराहक्षेत्र नगरपालिका- ३ का ३८ बर्षीय बिष्णु धामीले लागू औषध बिक्रि वितरण गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिगएको प्रहरी टोलीले चेकजाँचको क्रममा धमीले प्लाष्टिकको २ वटा पोकामा शरिरमा लुकाई छिपाई राखेको अवस्थामा २०८ ग्राम ब्राउन सुगर र नगद १ लाख ८२ हजार ५ सय रुपैँया सहित बरामद गरेको हो । ब्राउन सुगर र नगद बरामद भए संगै धामी र संलग्न रहेका बराहक्षेत्र नगरपालिका-३ का ३३ बर्षीय रुद्र बहादुर सुबेदी समेतलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भईरहेको छ ।