प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित ७ जना पक्राउ

२०८३-०५-०८

  • A
  • A-
  • A+
Share

उदयपुर, झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । उदयपुरको कटारी नगरपालिका-४ स्थितमा ना.७ ख ८१७३ नम्वरको टिपरबाट १ सय ९९ किलो ३२ ग्राम गाँजा  प्रहरीले बरामद गरेको छ । भदौ ८ गते राती विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले कटारी-४ मरुवा खोला स्थितमा बेतिनीबाट कटारी तर्फ आउदै गरेको  ना. ७ ख ८१७३ नम्वरको टिपरलाई रोकी चेकजाँच गर्दा टिपरको डालामा ९ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको अबस्थामा १ सय ९९ किलो ३२ ग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भए संगै टिपर र चालक  कटारी-४ का सोम मगरलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको छ । 

यसैगरी भदौ ०७ गते झापाको प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका-१ बनियाभिट्टा स्थितबाट कचनकवल गाउँपालिका-१ का २४ वर्षीय धिरेन केरुङ, २८ वर्षीय नानुङ लिम्बु, भद्रपुर नगरपालिका-४ का ३४ वर्षीय दिपेश माझी र २४ वर्षीया मिना राईलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर र मे.३ प २३४१ नम्बरको मोटरसाइकल सहित, अस्थायी प्रहरी चौकी बुट्टाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ का ३४ वर्षीय पदम चौधरीलाई २९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी शिवचोक कटानबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानस्थित पूर्व-पश्चिम राजमार्गबाट धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का २८ वर्षीय चरन राईलाई ११ किलो १२० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेकाहरूको थप अनुसन्धान भइरहेको छ ।

 


सम्बन्धित समाचार
प्रहरी कार्यक्रम प्रसारण गर्न सुर्योदय टेलिभिजनसंग सम्झौता
२०८३-०५-०८

समाजमा शान्ति सुरक्षा सुदृढ बनाउने तथा आम नागरिकमा सचेतनाको कमिबाट हुने अपराधका घटनाहरुलाई न्यूनीकरण गर्ने उद्धेश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र सुर्योदय टेलिभिजन बिर्तामोड, झापाबीच "प्रहरी कार्यक्रम" प्रसारण गर्ने सम्झौता भएको छ । भदौ ६ गते बिर्तामोड स्थित सुर्योदय टेलिभिजनको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फबाट प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना र सुर्योदय टेलिभिजनको तर्फबाट कर्पोरेट निर्देशक यम नाथ बिमली बीच सुर्योदय टेलिभिजनबाट प्रत्येक शुक्रबार बेलुकी ०६:३० बजे प्रहरी कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले 'समुदाय-प्रहरी साझेदारी कार्यक्रम' अन्तर्गत सुरक्षित र अपराधमुक्त समाज निर्माणका लागि विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, स्थानीय तह तथा सञ्चार माध्यमहरूसँग निरन्तर सहकार्य गर्दै आईरको छ । यसै अभियान अन्तर्गत टेलिभिजन, रेडियो तथा डिजिटल माध्यमहरूबाट नियमित रूपमा प्रहरी कार्यक्रम मार्फत जनचेतनामूलक सामग्रीहरु प्रसारण हुँदा दुर दराज सम्म रहेका नागरिकहरुमा सचेतना अभिबृद्धि भई सुरक्षित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।साथै “प्रहरी कार्यक्रम”लाई अझ बढी परिष्कृत, उपयोगी र जनमुखी बनाउनका लागि यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको लागी कोशी प्रदेश प्रहरी हार्दिक अपेक्षा गर्दछ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०५-०७

झापा, सुनसरी र उदयपुरबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । भदौ ०६ गते झापाको झापा गाउँपालिका-४ टाघनडुब्बा स्कुलटोलबाट इलाका प्रहरी कार्यालय कुमरखोदले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका-६ शिवगञ्जका २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मुर्मुलाई १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय सुरुङ्गाले कन्काई नगरपालिका-५का २२ वर्षीय सुमनराज प्रसाईं र ३० वर्षीय सिताराम तिवारीलाई २ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर र ३३ ग्राम ५४० मिलिग्राम गाँजा सहित र इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मे.३ प २८४४ नम्बरको मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-३ का २१ वर्षीय प्रदीप टुडु, पछाडी सवार २० वर्षीय सचिन दास र बिर्तामोड नगरपालिका-१० का २२ वर्षीय संजित राजवंशीलाई २ ग्राम ३० मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकस्थित पूर्व-पश्चिम राजमार्गबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी इनरुवा बसपार्कबाट खटिएको संयुक्त टोलीले को २८ प १३५ नम्बरको मोटरसाइकल चालक धरान उप-महानगरपालिका-५ का ३३ वर्षीय प्रेमबहादुर विक र पछाडी सवार ४३ वर्षीय अर्जुन राईलाई ५ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले कटारी नगरपालिका-७ रतनपुरस्थित रिस्कु–रतनपुर कच्ची सडकको छेउमा बेवारिसे अवस्थामा रहेको सेतो प्लास्टिकको बोराभित्रबाट ७ केलिग्राम गाँजा फेला पारेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०५-०६

झापा र मोरङबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । भदौ ०५ गते झापाको बिर्तामोड नगरपालिका-३ स्थीतबाट इलाका प्रहरी कार्यालय अनारमनीले भद्रपुर नगरपालिका-५ का २३ वर्षीय अर्जुन राजवंशीलाई १ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय घैलाडुब्बाले बिर्तामोड -८ सुनौलो बस्तीका ३० वर्षीय विवेक लिम्बुलाई १३० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी टाघनडुब्बाले झापा गाउँपालिका-४ चर्तागाछीबाट शिवसताक्षी गाउँपालिका-९का १७ वर्षीय गौरव चौधरीलाई ५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर र नाइट्रोजन ट्याब्लेट १८ पिस प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीले कानेपोखरी गाउँपालिका-७ स्थीतबाट पथरी शनिश्चरे नगरपालिका-७ का ३१ वर्षीय विवेक राईलाई ३ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।  

“मर्यादापालक दक्षता अभिवृद्धि अनुशिक्षण तालिम” दोस्रो समुहको तालिम समापन
२०८३-०५-०५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वधानमा संचालन भएको ५ कार्य दिन अवधिको “मर्यादापालक दक्षता अभिवृद्धि अनुशिक्षण तालिम” दोस्रो समुहको भदौ ०५ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रमुख अतिथि खनालले प्रदेशकै महत्वपुर्ण तथा सम्बेदनशिल स्थानमा खटिएर काम गर्ने प्रहरी कर्मचारीहरुले अझ प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न सहज होस भन्ने उदेश्यले तालिम संचालन गरिएको बताउनु हुदै तालिमबाट सिकेका ज्ञान, सिप र क्षमतालाई कार्य क्षेत्रमा अक्षरस पालन गर्न निर्देशन दिनुभयो । उहाँले तालिमरत प्रशिक्षार्थीहरूबाट उठेका जिज्ञासाहरूको समेत सम्बोधन गर्नुका साथै आवश्यक स्पष्टता समेत प्रदान गर्नु भएको थियो । तालिम संयोजक गजेन्द्र रायाले तालिम सम्बन्धि प्रतिबेदन पेश गर्नुभएको थियो भने उक्त कार्यक्रममा कोशी प्रदेश सभा सचिवालयका उप-सचिव अर्जुन घिमिरे, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, प्रदेश सहयोग कार्यक्रमका प्रतिनिधि महेश नेपाल, कोशी प्रदेशसभाका अधिकृत निरज ढकाल सहित प्रहरी अधिकृतहरुको  उपस्थिति रहेको थियो । कोशी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश सहयोग कार्यक्रम अन्तरगत भदौ १ गतेबाट  संचालन भएको ५ कार्य दिनको उक्त तालिममा २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।    

“TEA WITH TEAM” कार्यक्रम सम्पन्न
२०८३-०५-०५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरुबीच आपसी सद्भाव, आत्मीयता, सहकार्य र सामूहिक भावनाको विकास गर्ने उद्देश्यले ‘सहकर्मीसँग एक कप चिया “Tea With Team” कार्यक्रमको आयोजना गरेको छ । भदौ ०५ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरीष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयाल, कोशी प्रदेश प्रहरी तालिमकेन्द्र विराटनगरका प्रहरी वरीष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया लगायतका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुले, गायन, कविता, मुक्तक तथा आफ्ना अनुभवहरु सहितको प्रतिभाहरु प्रस्तुत गर्नु भएको थियो ।   कार्यक्रमलाई सम्वोधनको क्रममा  प्रमुख अतिथि खनालले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न, सामूहिक भावनाको विकास गर्न, प्रहरी कार्यशैलीमा शिष्टता र सम्मानभाव अभिवृद्धि गर्न तथा सकारात्मक वातावरण निर्माण गर्न यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले व्यस्त व्यावसायिक जीवनशैली र कार्यबोझका कारण प्रहरी कर्मचारीबीच कायम रहनुपर्ने आपसी भ्रातृत्व, शिष्टाचार तथा सद्भावपूर्ण वातावरणलाई थप सुदृढ बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । साथै, कार्यक्रमले तनाव व्यवस्थापनसँगै ऊर्जावान प्रहरी कर्मचारीहरु भित्र रहेका प्रतिभा प्रस्फुटन गराउन र आपसी भावना तथा अनुभव आदानप्रदान गर्न मद्दत मिलेको बताउनु भयो । कार्यक्रममा बिधि विज्ञान प्रयोगशाला धरानका प्रहरी उपरीक्षक सुदन कुमार बिष्ट सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-०४

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । प्रहरी चौकी हल्दिबारीले हल्दिबारी गाउँपालिका-२ कदमचोकबाट भद्रपुर नगरपालिका-७ का २८ वर्षीय सुबास राजवंशीलाई १ ग्राम ५५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय पथरीले मोरङको पथरी शनिश्चरे नगरपालिका-१० संगम टोलबाट २३ वर्षीय घनश्याम बस्नेतलाई ५ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-८ स्थितबाट प्रादेशीक अनुसनधान समुह (PIT) र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त प्रहरी टोलीले मोरङ पथरी शनिश्चरे -५ का २६ वर्षीय निकेश माझी, इटहरी-८ का २२ वर्षीय युवराज विक, मोरङ केरावारी गाउँपालिका-१ का २१ वर्षीय रेजन विश्वकर्मा र झापा मेचीनगर नगरपालिका-८ का २१ वर्षीय सन्देश राउतको साथबाट ट्रामाडोल ९४१ क्याप्सुल, डाइसाइक्लोमाइन-१ हजार २ सय ३० ट्याब्लेट, ब्राउन सुगर-६०० मिलिग्राम, को ३६ प ५५४७ नम्बरको मोटरसाइकल र नगद ५३ हजार २ सय १० रुपैयाँ बरामद गरी पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१६ स्थितबाट २१ वर्षीय विदुर कार्कीलाई स्पास्पेन ४ सय २८ ट्याब्लेट र ट्रामोल ५ सय ४८ ट्याब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।