लागू औषधसहित ५ जना पक्राउ
२०८३-०३-२२
- A
- A-
- A+
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूको साथबाट १७५ किलो ५७० ग्राम गाँजा, १८ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागू औषध ट्रामाडोल ३९० क्याप्सुल, Dicyclomine ३९० ट्याब्लेट र २ थान सवारी साधन बरामद गरेको छ ।
....................... ....................... .................................. ...................................... .....................
विशेष सूचनाका आधारमा धनकुटाको प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरी टोलीले महालक्ष्मी नगरपालिका–६ स्थित कोशी लोकमार्गमा को.२ त ४८९८ नम्बरको ट्याक्टरबाट १७५ किलो ५७० ग्राम गाँजा सहित चालक महालक्ष्मी नगरपालिका–४ का राजकुमार बयलकोटीलाई नियन्त्रणमा लिएको छ । चेकजाँचको क्रममा झापाको वडा प्रहरी कार्यालय भद्रपुर र लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाटको संयुक्त प्रहरी टोलीले प्र.१–०१–०१२ प ९५३६ नम्बरको स्कुटरका चालक बिर्तामोड-९ का चन्द्रप्रसाद राजवंशीलाई १४ ग्राम १४० मिलिग्राम ब्राउन सुगरसहित र इलाम चुलाचुली-२ का रोहित कुमाललाई ३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले इटहरी-४ स्थितबाट इटहरी-६ का विवेक साहलाई प्रतिबन्धित लागू औषध ट्रामाडोल ३९० क्याप्सुल र Dicyclomine ३९० ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा बिर्तामोड–३ का रञ्जित दासलाई ७७० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।