२६ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित १ जना पक्राउ
२०८३-०६-२७
- A
- A-
- A+
झापाको इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागू औषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार परिचालित प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ दुर्गा मन्दिर स्थितबाट अर्जुनधारा नगरपालिका-११ का २७ वर्षिय अनिश माझीलाई २६ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । ब्राउन सुगर सहित पक्राउ परेका माझीको थप अनुसन्धान भईरहेको छ ।