प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित ६ जना पक्राउ

२०८३-०१-१४

  • A
  • A-
  • A+
Share

झापा र सुनसरीबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १३ गते झापाको भद्रपुर नगरपालिका-५ को दुई छुट्टा छुट्टै स्थानबाट बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले ७ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखानमा संलग्न सोही स्थानकी बिबिसा चापागाई, भद्रपुर-९ का दिपक उप्रेती, ताप्लेजुङ फुङलिङ नगरपालिका-१ का प्रताप मादेन र फुङलिङ नगरपालिका-५ का अनुप लामगदेलाई पक्राउ गरेको हो । त्यस्तै सुनसरीको इनरूवा नगरपालिका-४ बाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले मोरङको पथरी शनिश्चरे गाउँपालिका-६ का राजा भन्ने सुमन यादव र सरोज परियारलाई ट्रामाडोल ६०६ क्यापसुल, नाईट्राजेपाम २० क्यापसुल सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित समाचार
लागू औषध सहित ५ जना पक्राउ
२०८३-०१-१८

झापा, सुनसरी र इलामबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १७ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाको टोलीले १० ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित बुद्धशान्ति गाउँपालिका- ४ का प्रदिप दाहाल र अर्जुनधारा नगरपालिका- १ का सुकराज उरावलाई पक्राउ गरेको छ | इलामको प्रहरी चौकी किटेनीले इलाम नगरपालिका- ७ का समिर गोले र माइजोगमाई गाउँपालिका- ५ का मनोज खत्रीलाई २ ग्राम १८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको बराहक्षेत्र नगरपालिका- २ का सजिब राईलाई ट्रामाडोल ९० क्यापसुल सहित उनकै घरबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ।

लागू औषध ब्राउन सुगर सहित ११ जना पक्राउ
२०८३-०१-१६

झापा, सुनसरी र पाँचथरबाट लागू औषध ब्राउन सुगर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १५ गते झापाको अर्जुनधारा नगरपालिका-११ स्थितमा लागू औषध कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT, लागू औषध नियन्त्रण व्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले २९ ग्राम २९० मिलिग्राम ब्राउन सुगर र मे.१० प ९२९३ नम्बरको मोटरसाईकल सहित बेचबिखानमा संलग्न सोही स्थानका मन्दिप राई, उमेश तामाङ, अर्जुनधारा-४ का सनम खड्का, अर्जुनधारा-५ का ध्रुव कुमार दनुवार र बिर्तामोड-३ का विश्च राजवंशीलाई पक्राउ गरेको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका-१ बाट ८ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर सहित उदयपुर बेलका-३ का प्रताप राई, त्रियुगा नगरपालिका-१२ का मोहमद इस्माइल र मोरङ कटहरी-४ का बिबेक कुमार मण्डललाई पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाले धरान-११ बाट सोहि स्थानका सन्देश लिम्बुलाई १ ग्राम ४५०  मिलिग्राम सहित पक्राउ गरेको हो । यसका साथै जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका-१ बाट ८६० मिलिग्राम ब्राउन सुगर सहित फिदिम-८ का अशोक गुरूङ र राजु तामाङलाई पक्राउ गरेको हो । लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनसुन्धान भईरहेको छ ।                             

१९१ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८३-०१-१५

मोरङको विराटनगर महानगरपालिका-९ स्थित रानीबाट १९१ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । वैशाख १४ गते विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-९ रानी स्थितबाट प्र.१-०४००२ प ०७७२ नम्बरको मोटरसाईकललाई संका लागी चेकजाँच गर्दा भारत देश जोगबनीका ३० वर्षीय मोहम्मद अब्दुल्ला र विराटनगर महानगरपालिका-१७ का बाबु मियाँलाई १ सय ९१ ग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भई रहेको छ ।

अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा सलग्न १० जना पक्राउ
२०८३-०१-१५

सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा सलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १४ गते राती बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुह र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१३ स्थित रहेको क्याफेमा अनलाईन जुवा (1Xbet) खेल्ने र खेलाउने कार्यमा संलग्न  धरान- १३ का ४६ बर्षीय हेमन राई, २७ बर्षीय योगेश लिम्बु, २९ बर्षीय मिलन लिम्बु, ३१ बर्षीय शुसान्त घिमिरे, ४२ बर्षीय कुमार तामाङ, ४० बर्षीय विवेक थापा, धरान- १ का ३३ बर्षीय सुजित साह धरान-१६ का ४१ बर्षीय अशोक लिम्बु, धरान- १५ का ३५ बर्षीय भवानी दाहाल र धरान- १७ का ३१ बर्षीय प्रज्वल राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीको १५ थान मोवाईल बरामद गरेको छ । पक्राउ परेका उनिहरुको सट्टेवाजी गर्न नहुने कसुरमा आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

६० हजार ६० चक्की प्रतिबन्धित औषधी सहित १ जना पक्राउ
२०८३-०१-१३

इटहरी, २०८३ वैशाख १३ गते । सुनसरीको इटहरी  उप-महानगरपालिका-११ स्थीतबाट ५१ हजार ९५२ चक्की प्रतिबन्धित औषधी सहित १ जनालाई पक्राउ गरिएको छ । वैशाख १२ गते विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-११ स्थीतमा डेरा बस्दै अएका भारत बिहार नरपतगंजका २९ वर्षिय मो. सहनेवाजलाई ट्रामाडोल ५० हजार ५ सय ४० चक्की र डाइसाइक्लोमाइन ९ हजार ५ सय २० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो । पक्राउ परेका सहनेवाजको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको छ ।