लागू औषध सहित ५ जना पक्राउ
२०८३-०१-३०
- A
- A-
- A+
झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २९ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक- ५ का मित्र सुन्दासलाई ७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय दमकले दमक- ७ बाट पथरी शनिश्चरे- १ का दिपन लिम्बुलाइ ट्रामाडोल ३०० क्याप्सुल र डिक्लोमाईन ३०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईटहरी उप-महानगरपालिका- १८ बाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (PIT)को प्रहरी टोलीले सोहि स्थानका सितल चौधरी र निजकै छोरा शुसान्त चौधरीलाई ३ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान सहित नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी रमाइलो मोरङले कानेपोखरी गाउँपालिका- ६ का बिष्णु शेर्पालाई १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनसुन्धान भईरहेको छ ।