प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध ब्राउन सुगर सहित १ जना पक्राउ

२०८२-०९-१४

  • A
  • A-
  • A+
Share

मोरङको प्रहरी चौकी बरडंगाले पुस १३ गते सुनबर्सी-७ स्थितबाट लागू औषध ब्राउन सुगर सहित पथरीशनिश्चरे-३ का सन्जय राईलाई ३ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।


सम्बन्धित समाचार
कोशी प्रदेश प्रहरी प्रमुखद्वारा आसरा सुधार केन्द्र पानबारी, धरानको निरीक्षण
२०८३-०४-२१

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले साउन २१ गते आसरा सुधार केन्द्र, पानबारी धरानको निरीक्षण तथा अनुगमन गर्नुको साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वँहाले मानवीय, मर्यादित, सम्मानजनक र सहानुभूतिपूर्ण व्यवहारले उपचार पद्दतिलाई सहज बनाई समाजमा पुनःस्थापनाको बातावरण श्रृजना गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने हुँदा सुधार केन्द्रमा रहेका सुधारार्थीहरुको शारीरिक तथा मानसिक तन्दुरुस्ती राख्न बिभिन्न खेलकुदका क्रृयाकलापहरुमा सहभागी गराउनका साथै  व्यावसायिक तथा सीपमूलक तालिमहरूको व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ । उहाँले सुधार केन्द्रको चौतर्फी सुरक्षा व्यवस्थालाई मजबुत बनाउन तथा अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाई सुधार केन्द्रलाई जिम्मेवार, सुरक्षित र प्रभावकारी सेवा केन्द्रका रूपमा सञ्चालन गर्न समेत निर्देशन दिनु भयो । साथै प्रदेश प्रहरी प्रमुख खनालले केन्द्रमा कार्यरत पदाधिकारीहरु लगायत चिकित्सकहरुसंग सुधारार्थीहरुको नियमित उपचार पद्दती र मनोसामाजिक परामर्श सेवाको बारेमा जानकारी लिनुका साथै आवश्यक सल्लाह सुझाव दिनु भएको थियो ।

नेपाल प्रहरी प्रदेश कार्यालय धरान, बिधि विज्ञान प्रयोगशाला र केनाईन शाखाको निरीक्षण तथा अनुगमन
२०८३-०४-२१

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले साउन २१ गते नेपाल प्रहरी प्रदेश कार्यालय धरान, बिधि विज्ञान प्रयोगशाला र केनाईन शाखाको निरीक्षण तथा अनुगमन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ । निर्देशनको क्रममा उहाँले समाजमा घट्ने बिभिन्न आपराधिक घटनाहरुमा अनुसन्धान कार्यको सुपरीवेक्षण, समिक्षा गर्न  प्रहरीको विशेष प्राविधिक टोली परिचालन गरी अनुसन्धान कार्यलाई सफल बनाउन र जिल्ला प्रहरी कार्यालयहरूबाट हुने अपराध अनुसन्धान कार्यको सुपरीवेक्षण र प्राविधिक सहयोग प्रदान गर्ने कार्यमा प्रभावकारी भुमिका निर्वाह गर्न निर्देशन दिनु भएको छ । साथै बिधि विज्ञान प्रयोगशालामा प्रमाण सङ्कलन पश्चात गरीने  परीक्षण कार्यमा वैज्ञानिक सूक्ष्मता, निष्पक्ष र त्रुटिरहित ढङ्गले कार्य गर्न समेत निर्देशन दिनु भएको छ ।

लागू औषध सहित १४ जना पक्राउ
२०८३-०४-२१

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट साउन २० गते लागू औषध सहित १४ जनालाई पक्राउ गरिएको छ । झापाको झापा गाउँपालिका–१ स्थितबाट इलाका प्रहरी कार्यालय कुमरखोद झापाले काभ्रेपलाञ्चोक  घर भई हाल शिवसताक्षी नगरपालिका–९ दुधे बस्ने ३० वर्षीय बिराज भुजेललाई १ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले इलामको सूर्योदय नगरपालिका–४ का २६ वर्षीय सलमान थापालाई २ ग्राम ४९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको विराटनगर महानगरपालिका–१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले लेटाङ नगरपालिका–२ का १८ वर्षीय सुमित ठकुरी र सोही स्थानका २५ वर्षीय बिकाश भुजेललाई १० ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय रंगेलीले धनपालथान गाउँपालिका -२ स्थितबाट ९६ किलो १९८ ग्राम लागू औषध गाँजा बरामद गरेसँगै धनपालथान-१ नोचा का २७ वर्षीय सुमन कुमार साह र सोही स्थानका २७ वर्षीय अमर साहलाई पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले बेलबारी नगरपालिका–१ का ३१ वर्षीय अजय साहीलाई ३ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर र को २७ प ७०७१ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरीको दुहबी नगरपालिका–५ स्थितबाट इलाका प्रहरी कार्यालय दुहबीले इटहरी उप-महानगरपालिका–९ का २२ वर्षीय निमा शेर्पालाई १ ग्राम ब्राउन सुगर  सहित, इलाका प्रहरी कार्यालय इटहरीले ६२० मिलिग्राम ब्राउन सुगर सहित इटहरी–५ का २३ वर्षीय बादल चौधरीलाई र  इलाका प्रहरी कार्यालय धरानले धरान उप–महानगरपालिका-१३ का २२ वर्षीय अनिष तामाङ, धरान–१३ की १८ वर्षीया प्रतिमा राजधामी, धरान–१६ का १८ वर्षीय निराजन तामाङ, पाँचथरको फिदिम नगरपालिका–१ का २१ वर्षीय पुरप राना मगर र सोही स्थानका २१ वर्षीय अबिनास थापा मगरलाई ट्रामाडोल- ३१३ क्याप्सुल, स्पास्पेन- १९५ ट्याब्लेट, स्पास्पेन प्रो-१०० ट्याब्लेट र स्पासरेस्ट- १० ट्याब्लेट सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

नेपाल पुलिस स्कुल धरानको निरीक्षण भ्रमण तथा अवलोकन
२०८३-०४-२१

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले साउन २१ गते नेपाल पुलिस स्कुल धरानको निरीक्षण भ्रमण तथा अवलोकनको क्रममा कार्यालयका भवन, क्यान्टिन, पुस्ताकलय, लगायत प्रशिक्षण कक्षा कोठाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा उहाँले प्रहरी सङ्गठनको मूल मर्म अनुसार विद्यार्थीहरूमा उच्च अनुशासन, देशभक्ति, नैतिक मूल्य-मान्यता र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्दै विद्यार्थीहरुको रेखदेख र सुरक्षालाई पहिलो प्राथामिकता दिन, विद्यार्थीहरुलाई सुरक्षित, स्वच्छ र प्रविधियुक्त वातावरण, अतिरिक्त क्रियाकलाप, छात्राबास र मेसको प्रभावकारी व्यवस्थापन मिलाउन तथा अभिभावकसँग निरन्तर समन्वय र सहकार्य गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्ने वातावरण मिलाउन कार्यरत कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । यसका साथै बिद्यालयका प्रिन्सिपल र अन्य शिक्षक शिक्षिकाहरुसंग छलफल तथा अन्तरक्रियाको क्रममा शिक्षा प्रणालीलाई थप समय सापेक्ष, परिस्कृत र प्रयोगात्मक बनाउँदै अभिभावकको चाहना र राष्ट्रको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादनमा नेपाल पुलिस स्कुल एक अनुकरणीय र सफल विद्यालयको रूपमा स्थापित गर्दै सौहार्दपुर्ण वातावरणमा अध्यापन गराउन सबैले सामूहिक रूपमा प्रयास गर्नुपर्ने बताउनुभयो । विद्यार्थीसँगको अन्तरक्रियामा उहाँले आजको अनुशासित विद्यार्थी नै भोलिको सफल नागरिक, सक्षम व्यक्ति र राष्ट्रको गौरव हो भन्दै अध्ययनलाई गुणस्तरीय बनाउन, सकारात्मक सोचको विकास गर्न तथा सामाजिक सञ्जालको प्रयोग गर्दा विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो ।साथै कोशी प्रहरी प्रहरी कार्यालय नेपाल प्रहरी स्कुल धरानलाई नेपालकै उत्कृष्ट स्कुलको रूपमा स्थापित गर्न सदैव क्रियाशिल रहने बताउनु भयो ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण
२०८३-०४-२१

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले श्रावण २१ गते नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ ।  निर्देशनको क्रममा वँहाले सवारी दुर्घटना न्यूनीकरणको लागी बिशेष अभियान संचालन गर्न तथा दैनिकरुपमा ट्राफिक चेकजाँचलाई प्रभावकारी बनाई तीव्र गति, ओभरलोड, र मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारी चलाउने विरुद्ध कडाइका साथ ट्राफिक कार्वाही गर्न ।   नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही गर्न राडार गन, सीसी टीभी, मापसे/लापसे जाँचकिट जस्ता आधुनिक प्रविधिको सही र अधिकतम प्रयोग गरी ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न ।   लामो दूरीका यात्रुवाहक सवारी साधनमा दुई जना चालक अनिवार्य भए/नभएको, भाडा दर सही भए/नभएको, आरक्षण सिटहरूको व्यवस्था र टाइम कार्ड लागू भए अनुसार सवारी साधन भए नभएको कडाईका साथ चेकजाँच गर्न ।·       चेकिङको क्रममा कसैलाई दुःख हैरानी नदिई सेवाग्राहीप्रति शिष्ट र मर्यादित व्यवहारमा प्रस्तुत भई सडक सु-शासनको महसुस हुने गरी ट्राफिक व्यवस्थापन मिलाउन । सवारी दुर्घटना न्यूनीकरण गरी, सुरक्षित सडक बनाउन सवारी चालक, सहचालक, पैदलयात्री र विद्यार्थीहरूलाई समेत लक्षित गरी नियमित रुपमा ट्राफिक प्रशिक्षण दिन ।कार्यसम्पादन सम्झौता र कार्यसम्पादन अभिलेख ढाँचा (Automation) को लक्ष्य हासिल हुने गरी दैनिकरुपमा ट्राफिक व्यवस्थान कार्यलाई व्यवस्थित र प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ ।   कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख दिपक गिरीले ट्राफिक जनशक्ति परिचालन, सेवाप्रवाह तथा कोशी प्रदेशको ट्राफिक व्यवस्थापनको अवस्थाको बारेमा अवगत गराउनु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु, मोरङ र सुनसरी जिल्लामा ट्राफिक व्यवस्थापनमा खटिने ट्राफिक प्रहरी अधिकृतका साथै ट्राफिक प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा मातहत प्रहरी प्रमुखहरुलाई निर्देशन
२०८३-०४-२०

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले कोशी प्रदेश अन्तरगतका प्रहरी कार्यालय प्रमुखहरु तथा “क” स्तर सम्मका प्रहरी इकाई प्रमुखहरुलाई साउन २० गते Virtual माध्यमद्धारा भर्चुवल माध्यमद्वारा आवश्यक निर्देशन दिनु भएको छ । v निर्देशनको क्रममा उहाँले प्रहरीले आ-आफ्नो पदीय दायित्व अनुसार त्रृटीरहित तवरबाट कार्य सम्पादन गर्न र आईपर्ने चुनौतीहरूलाई व्यावसायीक तवरबाट सामना गर्दै एक निर्भिक, ईमानदार र वफादार राष्ट्र सेवककोरूपमा खटिन, नागरिकको अपेक्षा बमोजिम छिटो, शिष्ट, सभ्य र पिढित मैत्री वातावरणमा प्रहरी सेवा प्रदान गर्न । v  दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी सामजमा शान्ति सुरक्षा कायम राख्न, आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न । v सिमा नाकाहरुमा कडाईका साथ चेकजाँचको व्यवस्था, सवारी दुर्घटना नियन्त्रण, प्रविधि मैतृ तथा प्रभावकारी ट्राफिक व्यवस्थापन, प्रभावकारी प्रहरी अनुसन्धान, लागु पदार्थको प्रयोग तथा ओसारपसार नियन्त्रण, गाँजा खेती फडानी  लगायत अन्य अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्धरुपमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा प्रभावकारी बनाउन । v मनसुन जन्य विपदका घटनाहरुमा पुर्व तयारीका साथ जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति र अन्य निकायहरूसँग समन्वय गरी खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उद्धार सामग्री सहित तयारी अवस्थामा राख्न । v आफू मातहतका प्रहरी कर्मचारीहरूलाई थप अनुशासित र उत्प्रेरित बनाई शिष्ट आचरण एवम् व्यवहारका साथ नागरिक सेवामा केन्द्रित बनाउन समय सापेक्ष अनुशिक्षण, सामुहिक अभ्यास र नियमितरुपमा व्रिफिङ गर्ने व्यवस्था मिलाउन । v  कार्यसम्पादन सम्झौता र कार्यसम्पादन अभिलेख ढाँचा (Automation) को लक्ष्य हासिल हुने गरी दैनिकरुपमा प्रहरी कार्यलाई व्यवस्थित र प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा सहित सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।