लागू औषध ब्राउन सुगर सहित १ जना पक्राउ
२०८३-०१-१७
- A
- A-
- A+
सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १७ गते दिउँसो बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले १६ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर सहित धरान-१७ का ३० बर्षीय सुरज राईलाई नियन्त्रणमा लिएको छ ।