१ सय ८२ किलोग्राम लागूऔषध गाँजा बरामद
२०८३-०६-०६
- A
- A-
- A+
उदयपुरको कटारी नगरपालिका-६ स्थित शिखर सामुदायीक बन क्षेत्रको झाडीबाट प्रहरीले १ सय ८२ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असोज ५ गते बेलुका झाडीमा गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीटोलीले उक्त स्थानमा खोजी गर्दा ९ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको बेवारिसे अवस्थामा १ सय ८२ किलोग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको छ ।