लागू औषध सहित १२ जना पक्राउ
२०८३-०५-२३
- A
- A-
- A+
झापा, मोरङ, सुनसरी र इलामबाट लागू औषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २२ गते सुनसरीको बराहक्षेत्र नगरपालिका-११ स्थितमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-२ का ४० बर्षीय कर्ण बहादुर राईलाई २५ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर र प्र.०१-०२-०५१ प ४८०१ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय इटहरीले इटहरी- १० का मनोज शिबु मण्डललाई ३९० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले १९० मिलीग्राम ब्राउन सुगर सहित इटहरी- १७ का अबु खानलाई पक्राउ गरेको छ । सोही दिन कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-७ का दिनेश चौधरीलाई ब्राउन सुगर ८७० मिलिग्राम र गाँजा ३ किलो ९४० ग्राम सहित उनकै घरबाट पक्राउ गरेको छ, भने झापाको इलाका प्रहरी कार्यालय सुरुङगा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले कनकाई- ४ का रोशन चौधरीलाई १० ग्राम ५६० मिलिग्राम सहित र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अर्जुनधारा नगरपालिका- ११ का गोबिन्द श्रेष्ठ र बिर्तामोड- ११ का कृष्ण बहादुर प्रधानलाई ९ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- ५ की जमुना चौधरीलाई १ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित उनकै घरबाट पक्राउ गरेको छ भने उर्लाबारी- ४ का मान बहादुर परियार र गौरव विश्वकर्मालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले गाँजा १ किलो २८० ग्राम सहित पक्राउ गरेको छ । इलामको प्रहरी चौकी फिक्कलले सुर्योदय नगरपालिका- ८ का मिक कुमार तामाङ र रोशन तामाङलाई ८६० मिलिग्राम ब्राउन सुगर र प्र.१-०१-००१ ह ८७४७ नम्बरको अटो सहित पक्राउ गरेको छ । पक्राउ गरेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।