लागू औषध सहित ९ जना पक्राउ
२०८३-०७-०१
- A
- A-
- A+
मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट असोज ३० गते लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बेलबारी मोरङले बेलबारी नगरपालिका-३ का सागर परियार, रूबिन लावती र बेलबारी-२ का बिप्लब खवासलाई ६ चक्की प्रतिबन्धित औषधी सहित र २० वर्षीय रिजन राईलाई २० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने प्रहरी चौकी रमाईलो मोरङले लेटाङ नगरपालिका-३ का ३३ वर्षीय फिरोज कुमार बि.कलाई ६ ग्राम ४३० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-१८ का २० वर्षीय निश्चल खुलाल (बुढाथोकी), ३० वर्षीय नजाम हुसेन र २५ वर्षीय मो.नजामलाई ४२० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित इटहरी उप-महानगरपालिका-९ बसपार्क स्थितबाट पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुरको चौदण्डीगडी नगरपालिका-०६ का २७ वर्षीय बिप्लब थापालाई प्रतिबन्धित औषधी ११२ चक्की सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।