१०० ग्राम ब्राउन सुगर सहित १ जना पक्राउ
२०८२-१२-०७
- A
- A-
- A+
मोरङको विराटनगर- ११ बसपार्क स्थितबाट १०० ग्राम ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार अररिया फारबिसगंजका २५ बर्षीय बिपुल वर्मा रहेका छन् । चैत ०६ गते बिशेष सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा वर्माको साथबाट लुकाई छिपाई राखेको अबस्थामा १०० ग्राम ब्राउन सुगर बरामद गरेसगै निजलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।