लागू औषधसहित ८ जना पक्राउ
२०८३-०३-२६
- A
- A-
- A+
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट ७१ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागू औषध स्पास्मो ८ ट्याब्लेट, डाईसाइक्लोमाइन- ५ बोतल, ३ थान मोटरसाईकल, २ थान कार र ३२८ किलोग्राम गाँजा बरामद भएको छ ।
....................... ....................... .................................. ...................................... .....................
जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका–७ स्थित सप्तकोशी नदी किनारमा ८ वटा प्लास्टिकको पोकामा पानीमा तैरिरहेको अवस्थामा ३०८ किलोग्राम गाँजा बरामद गरेको छ । चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–१० का गणेश यादव र उनका छोरा विकास यादवलाई ४ ग्राम २३० मिलिग्राम ब्राउन सुगर, २०८ ग्राम गाँजा, प्रतिबन्धित लागू औषधी स्पास्मो- ८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा विराटनगर महानगरपालिका-८ का शिवकुमार रायलाई प्रतिबन्धित लागू औषध ESKUF-DX ५ बोतल सहित अस्थायी प्रहरी चौकी मटेरुवाले र पथरीशनिश्चरे नगरपालिका–१ का राज राई र पथरीशनिश्चरे -८ का नर बहादुर विश्वकर्मालाई ६४० मिलिग्राम ब्राउन सुगर, प्र.१–०२–००२ च ८९२० नम्बरको कार र मे.५ प ४९५९ नम्बरको मोटरसाइकल सहित इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा झापाको वडा प्रहरी कार्यालय भद्रपुरले कमल गाउँपालिका–५ का अनिल धिमाललाई २ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले भारत किशनगञ्जका अल्ताप अन्सारी र बिर्तामोड-५ का सुरज चौधरीलाई ४ ग्राम २४० मिलिग्राम ब्राउन सुगर र १ थान डिजिटल तराजु सहित नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको जहदा गाउँपालिका–१ स्थित सडक खण्डबाट बा.१२ च ७५५२ नम्बरको कारमा १९ किलो ३२० ग्राम गाँजा र ब्राउन सुगर ६० ग्राम बरामद भएको छ भने कार चालकको खोजी कार्य भइरहेको छ ।