लागू औषध सहित ४ जना पक्राउ
२०८३-०८-०४
- A
- A-
- A+
झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।
मंसिर ०२ गते झापाको लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टा र इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-८ का ४२ वर्षिय दिलिप राजवंशीलाई १ ग्राम ७०० मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलिले मोरङको सुन्दरहरैँचा नगरपालिका-५ का १८ वर्षिय दिपेश रिसिदेवलाई १ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित, मोरङ केराबारी नगरपालिका-८ का १७ वर्षिय सुहन रम्तेललाई १ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित र ईलामको रोङ गाउँपालिका-१ का २३ वर्षिय रचित भट्टराईलाई ४ ग्राम ४६० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।