प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित १० जना पक्राउ

२०८२-११-०२

  • A
  • A-
  • A+
Share

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १ गते झापाको गौरीगंज गाउँपालिका- २ स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मे.१० प ८४३२ नम्बरको स्कुटि चालक कमल गाउँपालिका- ५ का संजोक राई र स्कुटी पछाडी सवार सुर्य बहादुर वि.क.लाई  ४२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाले बिर्तामोड- २ बाट सोहि स्थानका गोबिन्द बस्नेत, तिलक बुढाथोकी, टंक गिरी, उदय साहलाई ८ ग्राम ४४० मिलिग्राम सहित र कनकाई- ८ बाट सोहि स्थानका अजय राजवंशीलाई २ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बिराटनगर- १५ बाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो बिराटनगरले सुन्दरहरैचा- ६ का सरोज चौलागाईलाई ३ ग्राम सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको धरान- १० बाट अस्थायी प्रहरी चौकी श्यामचौकले सन्दिप राई र भुमिका बर्देवालाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा ४१६ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित समाचार
लागू औषध सहित ७ जना पक्राउ
२०८३-०६-१७

झापा, सुनसरी र पाँचथरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १६ गते सुनसरीको हरिनगरा गाउँपालिका- ७ स्थित बाँसघारीमा बेवारिसे अवस्थामा रहेको ६१ किलोग्राम लागू औषध गाँजा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT र प्रहरी चौकी घुस्कीहाटले  बरामद गरेको  हो । त्यस्तै झापाको बिर्तामोड- ४ बाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीले प्र.१-०१-००२ ह ३२७५ नम्बरको सिटी चालक मोरङ कटहरी गाउँपालिका-  ४ का निजाम मिया, सिटीमा सवार सुगन्दा मण्डल र इलामकी लक्ष्मी दर्जीलाई ७ ग्राम ०७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका- १ बाट ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ५४० ट्याब्लेट सहित बेचबिखनमा संलग्न हिलिहाङ गाउँपालिका- ७ का उज्वल तिम्सिना र ३ जना बलाकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

बिभिन्न मुद्दाका ३० जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-१७

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज १६ गते मोरङबाट २३ जना, झापाबाट २ जना, सुनसरीबाट ३ जना, इलामबाट १ र भोजपुरबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १० वर्ष १ महिना २२ दिन कैद सजाय र ४ लाख ३८ हजार १६९ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।  

बिभिन्न मुद्दाका ८ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-१६

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज १५ गते झापाबाट ४ जना, मोरङबाट १ जना र सुनसरीबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ५ वर्ष ११ महिना ५ दिन कैद सजाय र १२ हजार जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण
२०८३-०६-१६

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले असोज १६ गते जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ । निर्देशनको क्रममा उहाँले नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन समयमै कार्य योजना बमोजिम आवश्यक जनशक्ति परिचालन गर्न तथा चाडपर्वको समयमा यात्रालाई सुरक्षित, सहज र व्यवस्थित बनाउन बसपार्कहरुमा यात्रु सहायता कक्ष सञ्चालन गर्न र सार्वजनिक यातायातमा हुने भीडभाड, यात्रुको चाप, चोरी तथा अन्य आपराधिक गतिविधिलाई नियन्त्रण गर्न संवेदनशील तथा बढी भीडभाड हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढाउन निर्देशन दिनु भएको छ । यसै गरी उहाँले समुदाय स्तरमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी नागरिकमा सचेतना अभिबृद्धि गर्न तथा ग्रामिण बस्तीहरुमा लामो तथा छोटो दुरीको प्रहरी गस्ती परिचालन गरी नागरिकको पिरमार्का तथा गुनासाहरुलाई सुनुवाई गर्न समेत निर्देशन दिनु भएको छ । यसै गरी उहाँले प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी, अनुशासित र सेवामुखी भएर कार्यसम्पादन गर्न, प्रहरी संगठनप्रतिको नागरिकको विश्वास कायम राख्न, व्यावसायिक आचरण र पारदर्शी सेवा प्रवाहमा विशेष ध्यान दिन जोड दिनुभएको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०६-१६

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । असोज १५ गते झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका-११ का राजु बि.क.लाई १ ग्राम ३३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले विराटनगर-१३ बाट प्र.१-०२-०५० प ६०७६ नम्बरको स्कुटर चालक केराबारी गाउँपालिका- ७ का बिश्वास चेम्जोङलाई ८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित र विराटनगर- १६ बाट काभ्रेपलान्चोक पाँचखाल नगरपालिका- ६ का सरोज तिवारीलाई २३ ग्राम २६० मिलिग्राम ब्राउन सुगर सहित र विराटनगर- १५ बाट सुन्दरहरैंचा नगरपालिका-८ का सरोज आचार्यलाई ६ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा सुनसरीको वडा प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT ले इटहरी- ५ का अञ्जन कुमार चौधरीलाई ३ ग्राम २६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने उदयपुरका जितेन मरिक र गणेश मलिकलाई प्रतिबन्धित औषधी नाईट्राजेपाम ७८ ट्याब्लेट सहित पक्राउ गरिएको छ ।

प्रदेश प्रहरी प्रमुखबाट उदयपुर जिल्लाका स्थानीय बासिन्दाहरुसंग भेटघाट तथा अन्तरक्रिया
२०८३-०६-१६

निरीक्षण भ्रमणको क्रममा असोज १६ गते जिल्ला प्रहरी कार्यालय उदयपुर पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले उदयपुर जिल्लाका स्थानीय बासिन्दाहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नु भएको छ । भेटघाट तथा अन्तरक्रियाका क्रममा प्रदेश प्रहरी प्रमुख खनाल समक्ष स्थानीय बासीहरुले जिल्लाको शान्ति-सुरक्षा, ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण, प्रहरीको सेवा प्रवाह तथा समुदायसँग प्रहरीको सम्बन्ध लगायतका विषयमा आफ्ना धारणा, सुझाव तथा अपेक्षाहरू राख्नुभएको थियो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खनालले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता भेटघाट तथा अन्तरक्रिया महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नागरिकका वास्तविक समस्या तथा गुनासोको सुनुवाइ गर्दै जिल्लामा नागरिकमैत्री प्रहरी सेवा प्रवाह र प्रभावकारी शान्ति–सुरक्षा कायम गर्न स्थानीयवासी तथा पूर्व प्रहरी कर्मचारीहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।