प्रतिबन्धित लागू औषधसहित ७ जना पक्राउ
२०८३-०३-१४
- A
- A-
- A+
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट २७ ग्राम २०० मिलिग्राम ब्राउन सुगर, ट्रामोल- ५५ क्याप्सुल, स्पास्पेन- ५० ट्याब्लेट, नगद ३२ हजार रुपैयाँ र नम्बर प्लेट नभएको मोटरसाइकल १ थान बरामद गरेको छ।
.......................................................................................................................................................
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT र अस्थायी प्रहरी चौकी जोरसखुवा, सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान उप-महानगरपालिका–१६ स्थीतमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा धरान–१३का ३३ वर्षीय बिक्की राई र हरिनगरा गाउँपालिका–२ का २३ वर्षीय अरबाज सिदीलाई २७ ग्राम २०० मिलिग्राम ब्राउन सुगर, नगद ३२ हजार रुपैयाँ र नम्बर प्लेट नभएको मोटरसाइक लसहित पक्राउ गरेको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय छिन्ताङ र अस्थायी प्रहरी चौकी बेलहारा, धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटाको सहिदभूमि गाउँपालिका–३ मन्दिर क्षेत्रबाट शंकास्पद अवस्थामा हिँडिरहेका सहिदभूमि गाउँपालिका–४ का ३१ वर्षीय कपिल कार्की, ३४ वर्षीय सन्देश राई, सहिदभूमि गाउँपालिका–६ का २९ वर्षीय पर्वत कार्की ,सहिदभूमि गाउँपालिका–३ का २० वर्षीय युकेश राई र २३ वर्षीय ओविन राईलाई चेकजाँच गर्ने क्रममा प्रतिबन्धित औषधी ट्रामोल-५५ क्याप्सुल र स्पास्पेनका-५० ट्याब्लेट सहित पक्राउ गरेको छ ।