लागू औषध सहित ७ जना पक्राउ
२०८३-०६-०६
- A
- A-
- A+
सुनसरी, धनकुटा र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट असोज ५ गते लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-६ स्थितबाट सोही स्थानकी अन्सु राईलाई ७ किलो ५०० ग्राम लागू औषध गाँजा सहित, इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१६का २४ वर्षिय कबिर सहनी, धरान-१४ का सुनिल दाहाल र धरान-१३ का सुचम्वर राईलाई १ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर र बिभिन्न प्रकारका प्रतिबन्धित औषधी १ हजार २०४ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
त्यसैगरी धनकुटाको प्रहरी चौकी अखिसल्लाले शहिदभुमी गाउँपालिका-७ का २१ वर्षिय प्रगत राईलाई ट्रामोल-२९० क्याप्सुल र स्पास्पेन-२९० क्यापसुल सहित, प्रहरी चौकी मुलघाटले भोजपुर टेम्केमैयुङ गाउँपालिका-१ का २२ वर्षिय भोला राई र भोजपुर नगरपालिका-६ का २४ वर्षिय प्रविन राईलाई १ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरले बेलका नगरपालिका-४ स्थितबाट बा ६२ प ११८२० नम्बरको मोटरसाईकललाई संका लागी चेकजाँच गर्दा २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर र नाट्राजेपाम २० ट्याव्लेट र ट्रामाडोल १५१० क्याप्सुल प्रतिबन्धित औषधि फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।