लागू औषधसहित १० जना पक्राउ
२०८३-०६-१२
- A
- A-
- A+
झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित १० जनालाई पक्राउ गरिएको छ । असोज ११ गते चेकजाँचको क्रममा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-८ का प्रमोद साह र राज बिष्टलाई १० ग्राम २०० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले मेचीनगर नगरपालिका-६ का सुरेश उराउलाई ४ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान-१९ का पुजन श्रेष्ठलाई १ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित र अस्थायी प्रहरी चौकी इनरुवाले इटहरी-१ का सुरज माझी, तोरण माझी र मनिष माझीलाई ५ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१६ बाट भारत, दरभंगाका राकेश कुमार साहलाई ३० ग्राम ३० मिलिग्राम गाँजासहित, धरान-१३ का राजु बिश्वकर्मालाई ६ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर र नाइट्राभेट–६० ट्याब्लेट प्रतिबन्धित औषधिसहित र कोशी प्रदेश प्रहरी कार्यलय बिराटनगरको प्रादेशीक अनुसन्धान समुह र प्रहरी चौकी डाँगीहाटको संयुक्त प्रहरी टोलीले बेलबारी-४ का योगेश लिम्बूलाई ३७७ ट्याब्लेट प्रतिवन्धित औषधी सहित पक्राउ गरेको छ ।