प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

२ राउण्ड हावाई फायर गरी गाँजा सहित ओसार पसारमा संलग्न ५ जना पक्राउ

२०८३-०७-१६

  • A
  • A-
  • A+
Share

सुनसरीको धरान उप-महानगरपालिका-२० च्यान डाँडाबाट २ राउण्ड हावाई फायर गरी लागू औषध गाँजा ओसार पसारमा संलग्न ५ जना र २ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्तिक १६ गते बिहान ३ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दुई वटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेको अवस्थामा देखि रोक्न खोज्दा गाँजा बोकी भाग्न खोजे पछि प्रहरीले नियन्त्रणमा लिन पेस्तोलबाट २ राउण्ड हावाई फायर गरी ओसार पसारमा संलग्न ५ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका चालक सप्तरी डाक्नेश्वरी नगरपालिका-१० का २४ बर्षीय रामसागर कुमार यादव,  छिन्नमस्ता गाउँपालिका-६ का ५९ बर्षीय राज कुमार साह, राजगढ गाउँपालिका-१ का ४५ बर्षीय राजेन्द्र प्रसाद मण्डल, धरान-११ का २१ बर्षीय अमृत बिशुङखे र भारत बिहारका ३८ बर्षीय सन्तोष ठाकुर सहित  २०९ किलो ४२ ग्राम गाँजा र ओसार पसार गर्न प्रयोग गरिएको बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरको सवारी साधन नियन्त्रणमा लिईएको छ ।


सम्बन्धित समाचार
१०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित १ जना पक्राउ
२०८३-०७-१६

मोरङको जहदा गाउँपालिका-१ भुटाहा चोकबाट १०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका-२ का १९ बर्षीय प्रवेश कुमार राजवंशी रहेका छन् ।  कार्तिक १५ गते दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेको पैदल यात्री राजवंशीलाई चेकजाँच गर्दा निजको साथबाट र घरबाट समेत गरी १०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०७-१६

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १५ गते सुनसरीको ईनरुवा नगरपालिका-४ बसचोकबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट ईनरुवा बसपार्कले पैदल यात्री उदयपुरको बेलका-४ का नबिन राई र सुनिल राईलाई १७ ग्राम ३५ मिलिग्राम ब्राउन सुगर सहित र मोरङको सुन्दरहरैचा नगरपालिका-१२ बाट इलाका प्रहरी कार्यालय बेलबारीले सोहि स्थानका दिपक खवासलाई १९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । झापाको शिवसताक्षी नगरपालिका-९ यलम्बर चोकबाट सोहि स्थानका बादल भन्ने हेन्जिङ जबेगूलाई इलाका प्रहरी कार्यालय झिलझिलेले १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ३ जना पक्राउ
२०८३-०७-१०

मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाइ पक्राउ गरिएको छ । कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-७ झुलुङगे पुल स्थितमा प्र १-०२-००३ अ ६४९६ नम्बरको सिटि रिक्सालाई चेकजाँच गर्दा सोही स्थानका २४ वर्षिय देब मण्डललाई २८ किलो ४५० ग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको छ भने सुनसरीको अस्थायी प्रहरी चौकी ईनरुवाले धनार उप-महानगरपालिका-५ का २६ वर्षिय बिशाल अछामी र ३८ वर्षिय बिरु लिम्बुलाई  ४ ग्राम ७८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषधसहित ५ जना पक्राउ
२०८३-०७-०९

सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ५ जनालाई पक्राउ गरिएको छ।कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी इनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले इनरुवा नगरपालिका–४ मा चेकजाँच गर्ने क्रममा इटहरी उप-महानगरपालिका–१२ का ३५ वर्षीय रबिन चौधरी, रामधुनी नगरपालिका–७ का ३० वर्षीय टार्जन चौधरी र ईनरुवा-८का १९ वर्षिय साहदिन हुसेनलाई ९ ग्राम ५७० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ।त्यसैगरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–११ का २१ वर्षीय सिजन माझी र ३० वर्षीय सरोज माझीलाई प्रतिबन्धित औषधि ट्रामाडोल ३०० ट्याब्लेटसहित पक्राउ गरेको छ।पक्राउ परेका सबैको थप अनुसन्धान भइरहेको छ।

प्रतिबन्धित औषधिसहित ३ जना पक्राउ
२०८३-०७-०७

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधिसहित ३ जनालाई पक्राउ गरिएको छ। कात्तिक ५ गते मोरङको इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका–१०, त्रिवेणी चोकका २७ वर्षीय समिर राईलाई स्पास्पेन ३७० ट्याब्लेट र ट्रामाडोल ३८० ट्याब्लेट सहित पक्राउ गरेको छ। त्यसैगरी, सुनसरीको धरान उप-महानगरपालिका–५, देउराली मंगल चोकका २६ वर्षीय उत्तम राई र १७ वर्षीय सागर राईलाई ट्रामाडोल ३६० ट्याब्लेट र स्पास्पेन ३६२ ट्याब्लेटसहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भइरहेको छ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०७-०१

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट असोज ३० गते लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बेलबारी मोरङले बेलबारी नगरपालिका-३ का सागर परियार, रूबिन लावती र बेलबारी-२ का बिप्लब खवासलाई ६ चक्की प्रतिबन्धित औषधी सहित र २० वर्षीय रिजन राईलाई २० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने प्रहरी चौकी रमाईलो मोरङले लेटाङ नगरपालिका-३ का ३३ वर्षीय फिरोज कुमार बि.कलाई ६ ग्राम ४३० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-१८ का २० वर्षीय निश्चल खुलाल (बुढाथोकी), ३० वर्षीय नजाम हुसेन र २५ वर्षीय मो.नजामलाई  ४२० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित इटहरी उप-महानगरपालिका-९ बसपार्क स्थितबाट पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुरको चौदण्डीगडी नगरपालिका-०६ का २७ वर्षीय बिप्लब थापालाई प्रतिबन्धित औषधी ११२ चक्की सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।